पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

कांग्रेस संसदीय दलको बैठक बस्दै

२०८० फाल्गुन २४, बिहीबार ०८:२४ बजे

काठमाडौँ : नेपाली कांग्रेसले बिहीबार संसदीय दलको बैठक बोलाएको छ । बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान साढे ८ बस्ने बैठकमा समसामयिक राजनीतिक विषयहरू र पार्टीको अबको रणनीतिका विषयमा छलफल र निर्देशन हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
पुरानो गठबन्धन भत्किएर नयाँ समीकरण बनेपछि कांग्रेस सभापति शेरबहादुर देउवा निकै सक्रिय भएका छन् । उनी नयाँ गठबन्धनलाई रोक्न अझै पनि लागिपरेका छन् ।
उनकै पहलमा साना राजनीतिक दलहरुले अहिलेको गठबन्धन सरकारमा सामेल भएका छैनन् ।
आजको बैठकले थप रणनीति तय गर्ने कांग्रेस नेताहरूले बताएका छन् ।