पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

दोभान सामुदायीक वन क्षेत्रमा बृक्षारोपणको नाउमा लाखौंको हिनामिना

२०८० भाद्र १५, शुक्रवार १५:०८ बजे

दिपु मिश्र
रौतहट– रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर–१ स्थित बागमतीमा रहेको दोभान सामुदायीक वन क्षेत्रमा गरेको बृक्षारोपणमा एउटा पनि बिरुवा नदेखिएको स्थानियले बताएका छन् ।
सो सामुदायिक वनका सहायक वन अधिकृत सुरेश महतोले गरेको बृक्षारोपणमा बृक्षारोपणको नाममा डिभिजन वन कार्यालय रौतहट मार्फत करोडौ रकम हिनामिना भएको स्थानिय गौतम खड्काले जानकारी दिएका छन् । गत साउन महिनामा करिव १० हेक्टर जमिनमा दोभान सामुदायीक वनको बागमती बगरमा गरिएको बृक्षारोप यतीबेला उजाड बनेको छ ।
स्थानीयका अनुसार अहिले सो स्थानमा एउटा पनि बिरुवा देखिदैन । बागमती सव डिभिजन वन कार्यालय बागमतीका सहायक वन अधिकृत महतोले बागमती बगरमा जानी जानी बृक्षारोपण गरे जस्तो गरेर लाखौ रकम हिनामिना गरेको स्थानीयले पाठशाला न्युजलाई जानकारी दिएका छन् ।
उता गत बर्ष चन्द्रपुर नगरपालिका ७ नयाँ बस्तिमा गरिएको बृक्षारोपणमा समेत कुनै बिरुवा नरहेको स्थानीयले बताएका छन् । बागमतीमा भने महतोले सरकारी रकम हिनामिना कै लागि जानी जानी बिरुवा रोप्ने नाममा लाखौं रकम हिनामिना गरेको बताईएको छ । तत्कालीन डिएफओ अमरदेव यादवको कार्यकालमा नयाँ बस्तिमा बृक्षारोपणको नाममा लाखौ हिमामिनाको समचार रोक्न पत्रकार समेतले मोटो रकम पाएको स्रोतले जानकारी दिएको छ ।