पाठशाला न्यूज
 २०७९ आश्विन १७, सोमबार    

‘फुड इन्सपेक्टर’ले के गर्छ

२०७९ भाद्र २१, मंगलबार १४:१५ बजे

सुमित्रा लुईटेल

काठमाडौं –‘फुड टेक्नोलोजी पढेका, जसले विभिन्न रेस्टुरेन्टहरुको खानेकुरा कस्तो छ, मासु पसलले कस्तो मासु बेचिरहेको छ, तरकारी पसलका सागसब्जी विषादीमुक्त छ कि छैन भनी गुणस्तर जाँच गर्छन् । यस किसिमका फुड इन्सपेक्टर करार सेवामा लिने सम्बन्धमा प्रस्ताव गर्न चाहन्छु ।’

हालै काठमाडौं महानगरपालिकाको नगर कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाह ९बालेन० ले गरेको यही व्यहोराको प्रस्तावले उपभोक्ताको कान ठाडा भएका छन् । किनभने काठमाडौंमा उपलब्ध बजारका खानेकुराप्रति सहरबासी ढुक्क छैनन् । होटल–रेस्टुरेन्टले कस्ता खानेकुरा खुवाइरहेका छन् रु यसबारे सोधीखोजी भएको छैन ।

 मासु, सागसब्जी, दूध, दही जस्ता दैनिक उपभोग्य खाद्यवस्तुको गुणस्तरबारे नियमित अनुगमन र परीक्षण हुने गरेका छैनन् । त्यसैले त अभिनेता राजेश हमालले भने झैं उपभोक्ताले यी खानेकुरा ‘रामभरोसा’मा खाइरहेका छन् ।

हामीले खाइरहेको खानेकुरा कस्तो छ रु कहाँबाट आएको हो रु कति अवधिसम्म प्रयोग गर्न योग्य छ रु त्यसमा के के मिसाइएको छ रु यी कुरामा उपभोक्ताले आँखा चिम्लिनुपरेको छ ।

उपभोक्ताको खाद्य सुरक्षासँग जोडिएको यो विषय आम सहरबासीको चासो र सरोकारको विषय पनि भएको छ । यस्तो पृष्ठभूमिमा मेयर बालेनले प्रस्ताव गरे झैं फुड इन्सपेक्टर परिचालित गरिए खानेकुराको शुद्धताप्रति ढुक्क हुने कुरामा उपभोक्ता आशावादी छन् ।

फुड टेक्नोलोजी भनेको खाद्य विज्ञान हो । यसले खाद्यान्न सम्बन्धी वैज्ञानिक तवरबाट अध्ययन र अनुसन्धान गर्छ । यसले अनाज उत्पादनदेखि गुणस्तरीय खाद्यवस्तु बनाउने विधिसमेत सिकाउने निस्ट कलेजको फुड टेक्नोलोजीका प्रा। डा। धनबहादुर कार्की बताउँछन् ।
फुड टेक्नोलोजी तथा फुड टेक्नोलोजिस्ट भनेको के हो ?

फुड टेक्नोलोजी भनेको खाद्य विज्ञान हो । यसले खाद्यान्न सम्बन्धी वैज्ञानिक तवरबाट अध्ययन र अनुसन्धान गर्छ । यसले अनाज उत्पादनदेखि गुणस्तरीय खाद्यवस्तु बनाउने विधिसमेत सिकाउने निस्ट कलेजको फुड टेक्नोलोजीका प्रा। डा। धनबहादुर कार्की बताउँछन् ।

‘यसले खाद्यबाली कुन समयमा रोप्ने, कुन समयमा झार्ने, भण्डारण कसरी गर्ने, प्रशोधन गरेर कुन(कुन वस्तु उत्पादन गर्ने, उत्पादित वस्तुलाई कसरी पकाउने र कसरी खाने लगायतका विषय सिकाउँछ,’ उनी भन्छन् ।

साथै खाद्यवस्तु कस्तो छ रु उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड भएको छ कि छैन रु खाद्यवस्तु उत्पादन गर्दा चाहिने आवश्यक तत्व छ कि छैन रु कसरी खाद्यवस्तु उत्पादन गरिएको छ भन्ने अनुगमन र अनुसन्धान गर्ने काम पनि फुड टेक्नोलोजिस्टको भएको कार्की बताउँछन् ।

फुड टेक्नोलोजिस्टको काम

फुड टेक्नलोजिस्ट तथा फुड इन्सपेक्टरको काम खानेकुरा रोप्नेदेखि खाना प्लेटमा पुग्ने बेलासम्मको सम्पूर्ण प्रक्रियाको अनुसन्धान तथा अनुगमन गर्नु हो । नेपालमा पनि औद्योगिक क्षेत्रमा फुड निरीक्षकले काम पाइरहेका छन् । पछिल्लो समय यो विषय एकदमै आवश्यक विषय पनि हो । खानेकुराको गुणस्तर मापन गर्ने व्यक्तिको नेपालमा एकदमै खाँचो छ । विभिन्न नगरपालिकाले पनि खाद्य निरीक्षकको रूपमा फुड टेक्नोलोजिस्टहरुलाई काम दिइरहेको कार्की बताउँछन् । त्यसैले पनि विद्यार्थीहरुको यो विषयमा आकर्षण बढिरहेको छ । नेपालमा खाद्य उद्योगमा त फुड टेक्नोलोजिस्टहरुले काम गरिरहेका छन् । तर होटल व्यवसायमा भने फुड टेक्नलोस्टिहरुले काम पाइरहेका छन् । वैदेशिक रोजगारीमा जानेहरूको लागि यो विषय एकदमै राम्रो छ । तर नेपालमा भने खानाको गुणस्तरमा सरकारको नै ध्यानाकर्षण नभएकाले हामी नेपालीहरू गुणस्तर मापन नभएको खानेकुरा सेवन गर्न बाध्य भएको पाण्डेको तर्क छ ।

नेपालभरिमा ११ वटा कलेजमा फुड टेक्नोलोजी पढाइ हुन्छ । यो विषयमा वार्षिक ३०० जना जनशक्ति उत्पादन हुन्छन् । पहिलेदेखि फुड टेक्नोलोजी पढेकाहरू अहिले विभिन्न खाद्यवस्तु उत्पादन गर्ने कम्पनीतिर संलग्न छन् । केही खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पनि कार्यरत भएको प्रा. डा. कार्की बताउँछन् ।

‘यो विषय पढेका विद्यार्थीहरूमा खाना सम्बन्धी गहन बोध भइसकेको हुन्छ । खानाको महत्व, यसबाट पाइने पोषण, पोषणको अभावमा हुने शारीरिक र मानसिक समस्या, खानाको रासायनिक रचना, प्रशोधन, भण्डारण, खाद्य स्वच्छता, खानाको गुण नियन्त्रण, खाद्य ऐन र कानुन सम्बन्धी सम्पूर्ण कुराको ज्ञान फुड टेक्नोलोजी पढेकाहरूसँग हुन्छ,’ उनी भन्छन् ।

होटल–रेस्टुरेन्टहरुको क्वालिटी कन्ट्रोल गर्ने जिम्मा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको हो । तर गुणस्तर विभागले होटेल व्यवसाय सुरु गर्ने बेला तथा नवीकरण गर्ने बेलामा वर्षमा एक पटक मात्र गुणस्तर जाँच गरिरहेको हुन्छ । दर्ता नभएका तथा साना होटलमा गुणस्तर मापनको काम नै नहुने गरेको कार्की बताउँछन् ।

‘ठूला ठूला पाँचतारे होटलमा त गुणस्तर मापन हुन्छ । तर साना होटल जहाँ मध्यम वर्गीय तथा न्यून आय भएका व्यक्तिहरू गएर खाना खान्छन्, त्यस्ता होटलहरूको भने खानाको गुणस्तरबारे अनुगमन हुँदैन,’ उनी भन्छन्, ‘यसरी सर्वसाधारणको स्वास्थ्यमा खेलवाड गर्न हुँदैन ।’