पाठशाला न्यूज
 २०८१ बैशाख १३, बिहीबार    

हामीले जे काम गरे पनि आफ्नै मातृभूमिमा गर्नुपर्छ–व्यवसायी पंडित

२०८० जेठ १९, शुक्रबार १५:०३ बजे

दिपु मिश्र
काठमाण्डौं– हाम्रो जस्तो विकासशिल मुलुकमा एउटा व्यक्तिको व्यवसायिक जिवन वास्तवमै संङ्घर्षको कथाले मात्रै भरिएको हुन्छ । एउटा व्यवसायि सफल हुनु भनेको देश निर्माणमा एउटा सफल कदम थपिनु हो । त्यही एउटा सफल कदमको नाम हो निर्मल पंडित ।
स्थायी ठेगाना नुवाकोटबाट २५ वर्ष अगाडि काठमाण्डौ आएर संघर्षको पहिलो पाईला टेक्दै मोटरसाईकल मर्मतको लागि सर्भिस सेन्टर तथा रिकन्डिसनको व्यवसाय सञ्चानल गर्दै व्यवसायको अन्य क्षेत्रमा समेत लगानी गरी आज सफल व्यवसायीको रुपमा चिनिनु भएका निर्मल पंडितको हाल अनामनगर स्थित सत्य साई मोटर्स प्रा.ली (टिभिएस)को शोरु र सर्भिस सेन्टर समेत सञ्चालनमा रहेको छ ।
विश्वका कयौ मुलुक भ्रमण गरिसक्नु भएका अत्यन्तै शालिन र परिश्रमी स्वभावका व्यवसायी पंडित भन्नुहुन्छ –हामीले जे काम गरे पनि आफ्नै मातृभूमिमा गर्नुपर्छ यसले हाम्रो व्यक्तिगत सफलता मात्रै हैन भावि पुस्ताको लागि देश निर्माणमा एउटा ईट्टा भएपनि थप्ने काम गर्छ । यही भुमिमा हामी युवाको पसिनाले सफलताको ईतिहास लेख्न सक्यौ भने मात्र कालान्तरमा देशको मुहार फेरिन्छ र मात्र हामी पछिको पुस्ताले काम र श्रमको यो अभ्यासलाई सँस्कृतिको रुपमा लिनेछन् भन्नुहुन्छ ।
व्यवसायि पंडितले विगत २ वर्ष अगाडि अनामनगर मै जम्काभेट रेष्टुरेन्ट लाउन्ज एण्ड वार पनि संचालनमा ल्याउनु भएको छ । पारिवारिक वातावरणमा रहेको उक्त रेष्टुरेन्ट अहिले सेलिब्रेटिहरुको समेत पहिलो रोजाई भएको छ । पारिवारिक जमघटको लागि अत्यन्तै उपयुक्त उक्त रेष्टुरेन्टमा आधुनिक प्रविधिको लाईट जडित बगैंचाको सुन्दर दृष्यले केही क्षण भनेपनि थकान हराएको अनुभुति मात्रै दिलाउने नभएर हाईजेनिक स्वादको खानाका अनेकौ परिकारले सुन्तुष्टि दिलाउन सफल छ ।

रेष्टुरेन्टको अर्को विशेषता भनेको त्यहाँको आतिथ्य सत्कार पनि हो जस्ले आत्मियताको अनुभुति दिलाएको आभाष गराउँछ । खानाको स्वादसँगै आत्मियतामा सधै हाम्रो ध्यान जान्छ भन्नुहुन्छ व्यवसायि पंडित । छुट्टै मनमोहक लाउन्ज एण्ड वार सांगितिक कार्यक्रम समेत गर्न सकिने गरी निमार्ण गरिएको छ जहाँ प्रि बुकिङ्ग गरी फेमली ईभेन्ट समेत गर्न सकिने सुविधा उपलब्ध छ ।
व्यवसायी पंडितले हालसालै करिव ७ करोडको लगानिमा मकवानपुरको हेटौंडा स्थित कमानेमा आशिष बेकरी उद्योग सञ्चालनमा ल्याउनु भएको छ । यसरी हाल सम्म २२ करोडको लगानिमा विभिन्न व्यवसाय सफल रुपमा सञ्चालनमा ल्याई एउटा सफल व्यवसायीको रुपमा चिनिनु भएको छ ।

आफुलाई आजको दिनमा उहाँले एउटा सफल व्यवसायी मात्रै नभएर एउटा परिचित समाजसेवीको रुपमा समेत चिनाई समाजमा एउटा उदाहरणीय बन्नुभएको छ । नेपाल सांस्कृतिक महासंघका केन्द्रिय सदस्य समेतको जिम्मेवारीमा रहनुभएका समाजसेवी सफल युवा व्यवसायी पंडितले आफ्नो सम्पुर्ण व्यवसायमा करिव ५६ जना लाई रोजगारको अवसर प्रदान गर्नुभएको छ । व्यवसायको बिभिन्न क्षेत्रमा सफल व्यवसायी समाजसेवी निर्मल पंडित देशमा केही छैन भन्नेहरुका लागि एउटा गतिलो उदाहरण बन्नुभएको छ भने देश मै केही गर्छु भन्नेहरुका लागि प्रेरणादायी हुनुहुन्छ ।