पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

कक्षा १२ को नतिजामा अंग्रेजी विषयमा विद्यार्थी कमजोर

२०८० श्रावण ३०, मङ्गलवार १८:५७ बजे

काठमाडौँ–कक्षा १२ को नतिजामा सबैभन्दा कमजोर अंग्रेजी विषयमा देखिएको छ । आज मंगलबार सार्वजनिक गरेको नतिजा अनुसार अंग्रेजी विषयमा सबैभन्दा बढी विद्यार्थीको एनजी आएको छ ।
अंग्रेजीमा १ लाख ९ हजार ५२७ विद्यार्थीको नतिजा एनजी आएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए । कक्षा १० को नतिजा हेर्दा गणित विषयमा धेरै विद्यार्थी कमजोर देखिएका थिए । तर, कक्षा १२ को नतिजाको हकमा भने अंग्रेजीमा सबैभन्दा बढी विद्यार्थीको एनजी आएको हो ।
धेरै विद्यार्थीहरू अंग्रेजी विषयमा कमजोर दिएको र अन्य विषयमा कम विद्यार्थीको एनजी आएको अध्यक्ष शर्माले बताए ।
त्यस्तै नेपाली विषयमा ३८ हजार विद्यार्थीको एनजी आएको छ । गणित विषयमा भने ७ हजार ९०३ विद्यार्थीले एनजी ल्याएका छन् ।