पाठशाला न्यूज
 २०८० चैत्र १६, शुक्रबार    

कमल हसनको विक्रम इतिहासमै सबैभन्दा धेरै कमाउने तमिल फिल्म

२०७९ भाद्र १८, शनिबार १२:१६ बजे

काठमाडौं–कमल हसन स्टारर विक्रम इतिहासमै सबैभन्दा धेरै कमाउने तमिल फिल्म बनेको छ । लोकेश कंगराज निर्देशित र हसनको प्रमुख भूमिका रहेको फिल्मले विश्वभर ४३२.५० करोड भारु कमाइ गरेको हो ।
जसमध्ये भारतबाट मात्र ३०७.६० करोड भारु कमाइ भएको छ । गत जुनमा रिलिज भएको फिल्मले त्यसको दुई सातासम्म कलिउड फिल्म उद्योगमा एकपछि अर्को कीर्तिमान राखेको थियो । तर यो फिल्म नेपाली बक्स अफिसमा चल्न सकेन ।
रोचक पक्ष के रह्यो भने विक्रमले तमिलनाडु बक्स अफिसमा बाहुबली २ लाई ४० करोडको फराकिलो मार्जिनले पछि छाड्दै अहिलेसम्मकै धेरै कमाउने फिल्मको रेकर्ड राख्यो ।
तमिलनाडुमा मात्र विक्रमलाई एक करोड दर्शकले हेरेको बताइएको छ । यसअघि सन् २०१० मा एथिरान फिल्मलाई धेरै दर्शकले हेरेका थिए । यो फिल्मले विश्वभर ४३२.५० करोड भारु कमाउदा ओभरसिजबाट मात्र १२४.९० करोड भारु कमाएको छ ।