पाठशाला न्यूज
 २०८१ बैशाख १३, बिहीबार    

जनप्रतिनिधिकै सवारी साधन चोरी भएपछि...

२०७९ पौष ५, मंगलबार १५:२९ बजे

चन्द्रपुर-रौतहटको चन्द्रपुर नगरपालिकामा पछिल्लो समय मोटरसाइकल चोरीका घट्ना बढ्दै गएको छ । नगरपालिकाको वडा नम्बर -५ बाट सनिबार राती जनप्रतिनिधिकै मोटरसाइकल चोरी भएको छ । शनिबार चन्द्रपुर नगरपालिका वडा नम्बर -४ का वडा अध्यक्ष रबि राना मगरको मोटरसाइकल वडा नम्बर ५ स्थित आफ्नो ससुरालीबाट चोरी भएको हो । चन्द्रपुरमा प्रहरीको गतिविधि सुस्त भएका कारण चोरीका घट्ना बढ्दै गएको स्थानीयको आरोप छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा मात्रै दर्जनौं चोरीका घट्ना घट्नुले शान्ती सुरक्षामा खलल मात्र पुगेको छैन,स्थानीय आफ्नो मालसामान गुमाउनु पर्ने त्रासमा बस्नुपर्ने बाध्यता आएको छ । चन्द्रपुर नगरपालिकाले विभिन्न स्थानमा राखेको सिसिटिभी क्यामेरा समेत गुणस्तरहिन भएका कारण चोरीका घट्नामा वृद्धि भएकोमा दुइमत नरहेको स्थानिय नरेश लामिछानेले आरोप लगाएका छ्न ।