पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

‘केजीएफ २’ लाई उछिन्दै ‘गदर २’ बन्यो कीर्तिमान

२०८० भाद्र १३, बुधवार ००:१० बजे

काठमाडौं–बलिउड फिल्म ‘गदर २’ले ‘केजीएफ २’को कीर्तिमान तोडेको छ । फिल्मले शनिबार भारतमा १३.७५ करोड भारु कमाएको थियो । योसँगै फिल्मको कुल कलेक्सन ४३९.९५ करोड भारु पुगेको छ । योसँगै ‘गदर २’ भारतीय बक्स अफिसमा सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्म बनेको छ ।
फिल्मले रिलिज भएको १६ दिनमै यस्तो उपलब्धि हासिल गरेको हो । ‘केजीएफ २’ को हिन्दी संस्करणले ४३४.७० करोड भारुको लाइफटाइम कलेक्सन गरेको थियो । अर्कोतर्फ, आयुष्मान खुरानाको फिल्म ‘ड्रीम गर्ल २’ले पनि शनिबार १४.०२ करोड भारु कमाएको छ । दुई दिनमा फिल्मको कमाइ २४.७१ करोड भारु पुगेको छ ।
‘गदर २’ सामु अब ‘बाहुबली २’ (हिन्दी संस्करण) र शाहरुख खानको ‘पठान’को कलेक्सनलाई उछिन्नुपर्ने चुनौती छ । ‘पठान’ले ५४३ करोड भारु कमाएको थियो भने ‘बाहुबली २’ को हिन्दी संस्करणले ५१० करोड भारुको लाइफटाइम कलेक्सन गरेको थियो ।