पाठशाला न्यूज
 २०८२ आषाढ ३, मङ्गलवार    

माघमा कोशी प्रदेशमा लगानी सम्मेलन हुने

२०८१ आश्विन १४, सोमवार १४:२५ बजे

विराटनगर- कोशी प्रदेशले लगानी सम्मेलन गर्ने भएको छ ।

कोशी प्रदेश सरकारले आगामी माघमा लगानी सम्मेलन गर्ने भएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिएका छन् ।

आइतवार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले कोशीमा आगामी माघको ११, १२ र १३ गते विराटनगरमा लगानी सम्मेलन गर्ने निर्णय गरेको हो ।