पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

पृथ्वीमा जुनसुकै बेला खस्नसक्छ ‘हजुरबा स्याटेलाइट’

२०८० फाल्गुण ११, शुक्रवार २०:४९ बजे

बीबीसी : कुनै समय निकै ठूलो महत्व राख्ने युरोपको एउटा कृत्रिम भूउपग्रह (स्याटेलाइट) केही घण्टाभित्रमा पृथ्वीमा खस्नेबाला छ । इआरएस टू नामक उक्त स्याटेलाइट सन् १९९५ मा प्रक्षेपण गरिएको थियो ।
इसको सहयोगबाट ती आधुनिक प्रविधिहरुको विकासमा सहयोग पुग्यो जो आज अन्तरीक्षबाट पृथ्वीमा निगरानीका लागि प्रयोग भइरहेका छन् । इआरएस टू स्याटेलाइटले सन् २०११ बाट काम गर्न छाडेको थियो । त्यसपछि यो विस्तारै पृथ्वीतर्फ आइरहेको थियो । यो अचानक अनियन्त्रित भएर कुनैपनि बेला वायुमण्डलमा खस्नेछ ।
युरोपेली अन्तरीक्ष एजेन्सीका अनुसार दुई टन तौलको यो स्याटेलाइटको अधिकांस हिस्सा पृथ्वीको सतहमा पुग्नुअघि नै जलेर नष्ट हुनेछ ।
दहन हुन बाँकी स्याटेलाइटको केही अंश पृथ्वीमा खस्ने सम्भावना भएतापनि मानिसको बसोबास भएको क्षेत्रमा खसेर क्षति गर्ने सम्भावना भने न्यून रहेको बताइएको छ । ती टुक्राहरु समुद्रमा खसेर डुब्ने आँकलन गरिएको छ ।

इएसएको अर्थ अब्जर्भेसन ग्राउण्ड सेग्मेन्ट विभागका मिरको एल्बानी भन्छन् :यो जानकारी गराउनु आवश्यक छ कि जुन अंश पृथ्वीमा खस्नेछ, त्यो पनि विकिरणयुक्त तथा विषाक्त हुनेछैन । त्यसमा यानका केही आन्तरिक प्यानल तथा धातुका टुक्राहरु हुन सक्नेछन् ।
स्याटेलाइटको हजुरबा
युरोपेली अन्तरीक्ष एजेन्सीले सन् १९९० को दशकमा दुईवटा यस्ता एकै खाले अर्थ रिमोट सेन्सिंग (इआरएस) उपग्रह प्रक्षेपण गरेको थियो । जसमा एउटा इआरएस १ र अर्को इआरएस २ थिए । इआरएस उक्त समयका सबैभन्दा आधुनिक कृत्रिम उपग्रह थिए जसमा जमीन, समुद्र तथा हावामा हुने परिवर्तन मापन गर्ने उपकरण जडान गरिएको थियो ।
यी स्याटेलाइटले बाढीको निगरानी गर्ने, समुद्र तथा महाद्धिपहरुको तापमान मापन गर्ने, बरफका पत्रहरुमा आएको परिवर्तनको निगरानी गर्ने र भूकम्पका क्रममा भएको परिवर्तनका बारेमा तथ्यहरु जुटाउने काम गरेका थिए ।
त्यसमध्ये इआरएस टू मा सूर्यको परावैजनी किरणहरुबाट पृथ्वीको सुरक्षा गर्ने ओजन तहको जाँच गर्ने क्षमता पनि थियो ।
युरोपमा ती दुवै स्याटेलाइटहरुलाई तत्कालीन समयमा पृथ्वीको निगरानी गर्ने स्याटेलाइटहरुका हजुरबुवा अर्थात् ग्राण्डफादर भनिन्थ्यो । यी दुईमध्ये इआरएस सुरुमा पृथ्वीतर्फ आउँदैछ ।
अन्तरीक्षमा फोहोरको खतरा
जब इआरएस स्याटेलाइट लञ्च गरिएको थियो त्यसबेला अन्तरीक्षमा बिग्रिएका स्याटेलाइटबाट फैलिने फोहोरका टुक्राहरुका बारेमा खासै कडा नियम थिएन ।
हाल युरोपेली अन्तरीक्ष एजेन्सीले नयाँ नीति बनाएको छ । जस अनुसार अन्तरीक्षमा कत्तिपनि फोहोर छाड्न पाइँदैन । त्यसैले काम छाडिसकेका उपग्रहहरुलाई नष्ट गर्नका लागि पाँच वर्षभन्दा धेरै समयको छुट हुँदैन ।

साथै भविष्यमा प्रक्षेपण गरिने स्याटेलाइटहरुमा अतिरिक्त इन्धन पनि राखिनेछ, ताकि काम सम्पन्न भैसकेका वा काम गर्न छाडेका स्याटेलाइटहरुलाई पृथ्वीमा फिर्ता ल्याउन सकियोस् । विश्वमा निरन्तर ठूलो संख्यामा स्याटेलाइटहरु अन्तरीक्षमा प्रक्षेपण भैरहँदा ती पूराना स्याटेलाइटहरु एक आपसमा ठोक्किने खतरा बढिरहेको छ ।
ईआरएस टू लाई पृथ्वीभन्दा ७८० किलोमिटर माथि पृथ्वीको कक्षमा स्थापित गरिएको थियो । त्यसमा बँचेको इन्धनको प्रयोग गरेर उक्त स्याटेलाइटलाई केही तल झारेर पृथ्वीभन्दा ५७० किलोमिटर माथि ल्याइएको थियो ।

त्यसबेला उक्त स्याटेलाइट १५ वर्षभित्रमा तल्लो वायुमण्डलमा प्रवेश गरेर नष्ट हुने अनुमान गरिएको थियो । र, अब यो अनुमान सही साबित हुँदैछ । एता इआरएस १ लाई पनि तल ल्याउने प्रयास गरिएको थियो । तर यसो गर्ने समयमा उक्त स्याटेलाइटसँग सम्पर्क टुटेको थियो । ईआरएस १ अहिले पृथ्वीबाट ७ सय किलोमिटर माथि घुमिरहेको छ । यो तल आएर पूर्णरुपमा नष्ट हुनका लागि १ सय वर्षभन्दा धेरै समय लाग्न सक्दछ ।

ऋमेरिकी कम्पनी स्पेस एक्स, जसले हाल ५ हजार ४ सय भन्दा धेरै उपग्रहहरु सञ्चालन गरिरहेको छ, उसले त्यसमध्ये १ सय उपग्रहहरुलाई पृथ्वीमा फिर्ता ल्याउँदैछ । ती यानमा समस्या देखिएपछि फिर्ता ल्याउन थालिएको हो ।
अन्तरीक्षलाई सुरक्षित बनाउने क्षेत्रम काम गर्ने समूह सेक्योर वल्र्ड फाउन्डेसन तथा लियोल्याब्स नामक अमेरिकी कम्पनीले गतहप्ता भनेको थियो कि अन्तरीक्षमा फोहोरको मात्रा लगातार बढिरहेको हुँदा त्यहाँबाट फोहोर हटाउनु आवश्यक छ ।
अन्तरीक्षमा जम्मा भएको फोहोरले विश्वको अर्थतन्त्रका लागि निकै महत्वपूर्ण रहेका स्याटेलाइटहरुलाई पनि ध्वंस गर्नसक्ने उनीहरुको भनाई छ ।