पाठशाला न्यूज
 २०८१ बैशाख २४, सोमबार    

नेकपा एमाले रौतहट क्षेत्र नम्बर २ को क्षेत्रीय भेला सम्पन्न

२०८० माघ १९, शुक्रबार २२:५४ बजे

रौतहट- नेकपा एमाले रौतहट क्षेत्र नम्बर २ को क्षेत्रीय भेला आज एक भव्य समारोहका बीच सम्पन्न भएको छ । 

यहि माघ २५ र २६ गते रौतहटको गरुडामा सम्पन्न हुनगइरहेको पार्टीको १० औं जिल्ला अधिवेशनको पूर्ण तयारीको बीच आज रौतहट क्षेत्र नम्बर २ को राजपुर फरहदवा ४ मा उक्त भेला सम्पन्न भएको हो। 

करिब दुइ सय कार्यकर्ताहरुको माझ सम्पन्न उक्त भेलामा प्रमुख अतिथि पार्टीका पोलिटब्युरो सदस्य तथा रौतहट जिल्ला ईन्चार्ज पुरुषोत्तम पौडेल बिशिष्ट अतिथि रौतहट क्षेत्र नम्बर २ का पार्टी ईन्चार्ज पुर्व सांसद तथा पार्टी केन्द्रिय सदस्य रेझा कुमारी झाको बिशेष उपस्थिती रहेको थियो।

यसैगरी अन्य बिशिष्ट उपस्थितिहरुमा पार्टीको मनोनित केन्द्रिय सदस्य उद्वव रेग्मी, अजय गुप्ता तथा मधेस प्रदेश कमिटीको युवा नेता मधेस प्रदेश उप-सचिव आरती भण्डारी, वर्तमान रौतहट जिल्ला कमिटीका अध्यक्ष सच्चिदानन्द साह, प्रदेश सांसद जयत राजा, जयचन्द्र पटेल समेतको उपस्थिति रहेको थियो।