पाठशाला न्यूज
 २०८१ बैशाख १३, बिहीबार    

विपन्न परिवारलाई सिरक वितरण

२०७९ पौष १८, सोमबार १०:५३ बजे

चन्द्रपुर–मेचि महांकाली बुहारी संयुक्त आवाजले गरिव तथा विपन्न परिवारलाई सिरक वितरण गरेको छ ।
रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ पौराई र मंगलपुरमा ३० थान र चन्द्रपुर ७ बनबौअहरी र ८ सन्तपुरका ३५ जना गरी ६५ जना गरिव तथा बिपन्न परिवारलाई सिरक वितरण गरेको हो । मेचि महांकाली बुहारी संयुक्त आवाज मधेश प्रदेशकी अध्यक्ष पुजा पाठक तिमलसिनाले उनीहरुलाई घर–घरमा गएर सिरक वितरण गरेकी थिईन् ।
तराईमा बढ्दो चिसोका कारण गरिव,विपन्न तथा असाहायको जिवन स्तर कष्टकर बन्दै गएपछि आफुहरुले उनीहरुलाई राहत का लागि सिरक वितरण गरेको तिमलसिनाले जानकारी दिएकी छिन् ।