पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

सुन काण्ड : सीआईबीका चार इन्स्पेक्टर तानिए

२०८० चैत्र ११, आइतवार १३:५६ बजे

फाईल तस्वीर 

काठमाडौं : प्रहरी प्रधान कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत थप चार प्रहरी निरीक्षक (इन्स्पेक्टर) तानिएका छन् ।
६० किलो सुन तस्करी र भेपको सुन तस्करीमा कमजोरी देखिएपछि सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्य र दुई डीएसपी यसअघि नै तानिएका थिए । शुक्रबार थप चार इन्स्पेक्टर तानिएका हुन् ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्स्पेक्टर रन्जित लामा, सुरेश खत्री, कृष्ण श्रेष्ठ र वकिल सिंहलाई सीआईबीबाट हटाइएको हो । लामा र खत्रीलाई प्रहरी प्रधान कार्यालय र सिंह सशस्त्र प्रहरी गण नम्बर १ तथा इन्सपेक्टर कृष्ण श्रेष्ठलाई पहरा गणमा काज सरुवा गरिएको छ ।
डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले सुन तस्करीसम्बन्धी अनुसन्धानमा खटिएका सीआईबीका प्रहरी अधिकारीको कमजोरी औंल्याएको थियो । आयोगको प्रतिवेदनपछि एआईजी बज्राचार्य, डीएसपी दुर्गा दाहाल र रुगम कुवँरलाई यस अघि नै प्रहरी प्रधान कार्यालय तानिएका थिए । त्यस्तै, नुवाकोटका एसपी संजय थापालाई समेत नुवाकोटबाट तानिएका थिए ।