पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

ओमानलाई दियो नेपालले १८५ रनको विशाल लक्ष्य

२०८० कार्तिक १९, आइतवार १२:५८ बजे

काठमाण्डौं- टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ५२ र गुल्सन झाले ५४ रन बनाए ।

नेपालका कुशल भुर्तेल ३१, सन्दीप जोरा १० रन बनाएर आउट भए । करन केसीले ६ बलमा २ छक्का र एक चौकासहित २० रनमा अविजित रहे ।

आसिफ शेखले ६ र कुशल मल्लले ३ रनमात्र जोड्न सके । विवेक यादबले १ रन मात्र बनाए । ओमानका बिलाल खानले ३ विकेट लिए । अकिब इल्यासले पनि २ विकेट हात पारे ।

नेपालले अन्तिम १० ओभरमा एक सय २४ रन जोड्यो भने अन्तिम ५ ओभरमा मात्र ७४ रन थपेको थियो।