पाठशाला न्यूज
 २०८२ मंसिर २३, सोमवार    

नेकपा एमाले इलामको जिल्ला कमिटी अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित

२०८१ मंसिर १, शनिवार ०७:४६ बजे

इलाम- गए राती सम्पन्न निर्वाचनमा ३८१ मत प्राप्त गर्दै नेकपा एमाले इलामको जिल्ला कमिटी अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित भएका छन्।  अध्यक्ष पदका अर्का प्रत्याशी नरेन्द्रनाथ भट्टराईले १९५ मत प्राप्त गरेका छन्।

बराल यसअघि अधिवेशन आयोजक कमिटीका अध्यक्ष थिए। राती सम्पन्न ११ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा उदयबहादुर राई निर्वाचित भएका छन्। उपाध्यक्षका अन्य उम्मेदवार उमेश गुरुङले १८४ मत र बुद्धिप्रसाद खनालले १३७ मत प्राप्त गरेका थिए।

सचिव पदमा भएका निर्वाचनमा रवीन्द्र सुवेदीले २९२ मत प्राप्त गर्दै विजयी भएका छन् । सचिव पदका अर्का उम्मेदवार प्रकाश अधिकारीले २६८ मत प्राप्त गरेका थिए।

दुई उप–सचिव पदमा रमेश राईले १७९ मत र दिलु लावतीले ३०९ मत प्राप्त गर्दै विजयी भएका छन्।