जनकपुरधाम- प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकको निर्णयानुसार मधेश प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ।
मधेस प्रदेशको चालू तेस्रो अधिवेशनआज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो।
अधिवेशनको अन्त्य हुनु अगावै चालू अधिवेशनबाट बालिका संरक्षण विधेयक, स्थानीय तहका कर्मचारीहरूको सेवा सुविधाबारे व्यवस्था गर्न बनेको विधेयक तथा मधेश प्रदेशमा खेलकुदको विकास गर्नका लागि बनेको विधेयक प्रदेशसभाले पारित गरेको छ।
प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालू तेस्रो अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले बताएका छन्।
गत जेठ २१ गतेदेखि शुरु भएको तेस्रो अधिवेशनमा हालसम्म ३४ वटा बैठक बसेको थियो।