पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

ओडिआइ विश्वकप क्रिकेट २०२३: दक्षिण अफ्रिकासँग पाकिस्तान एक विकेटले पराजित

२०८० कार्तिक १०, शुक्रवार २३:०४ बजे

काठमाडौं- ओडिआइ विश्वकप क्रिकेट २०२३ अन्तर्गत शुक्रबारको खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई १ विकेटले पराजित गरेको छ। 

पाकिस्तानले दिएको २७१ को लक्ष्य दक्षिण अफ्रिकाले १५ बल बाँकी रहँदै पूरा गरेको हो।

पहिले ब्याटिङ गरेको पाकिस्‍तानले ४६.४ ओभरमा सबै विकेट गुमाउँदै २७० रन बनाएको थियो। 

पाकिस्तानका लागि साउद सकिलले ५२ बल खेल्दै ५२ रनको योगदान दिए। यस्तै क्याप्टेन बाबर आजमले ५० रन बनाए भने शादब खानले ४३, मोहम्मद रिवान ३१ र मोहम्मद नवाजले २४ रनको योगदान दिए।

जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले आइडेन मार्करमको ९१ रनको योगदानमा उक्त लक्ष्य भेट्टायो। दक्षिण अफ्रिकाका लागि डेभिड मिलर २९, डे कुक २४ तथा तेम्बा बाभुमाले २८ रन बनाए। यद्यपि दक्षिण अफ्रिकाले पाकिस्तान माथि कठिन चुनौतीका बाबजुद जित हासिल गरेको हो ।