पाठशाला न्यूज
 २०८२ पौष ३, बिहीवार    

प्रधानमन्त्री ओली र मोदी बिच भेटवार्ता

२०८१ आश्विन ७, सोमवार ०६:४८ बजे

न्युयोर्क- संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै गएका अमेरिका पुगेका प्रधानमन्त्री ओलीको भारतका प्रधानमन्त्री मोदीसँग भेटवार्ता भएको हो । 

भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ । सो भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागीता थियो ।