पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

आरसिबिले पञ्जाब किंग्स विरुद्ध ६० रनले जित हासिल गर्यो, प्लेअफमा सम्भावना कायम

२०८१ वैशाख २८, शुक्रवार ०७:२१ बजे

एजेन्सी– बिहिवार भएको खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले पञ्जाब किंग्स विरुद्ध जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ सम्भावना कायम राखेको छ ।

धर्मशालामा भएको खेलमा आरसिबिले ६० रनको जित दर्ता गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको आरसिबिले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २४१ रनको विशाल योगफल खडा गरेको थियो ।

आरसिबिका लागि विराट कोहलीले ४७ बलमा ७ चौका र ६ छक्का सहित सर्वाधिक ९२ रन बनाए । रजत पतिदरले २३ बलमा ३ चौका र ६ छक्का सहित ५५ रन जोडे । क्यामरन ग्रीनले २७ बलमा ४६ रन जोडे ।

पञ्जाबका हर्षल पटेलले ३ विकेट लिए भने विधवथ काभेराप्पाले २ तथा अर्शदिप सिंह र स्याम करनले १-१ विकेट लिए ।

जवाफमा आरसिबिले दिएको २४२ रनको विशाल लक्ष्य पछ्याएको पञ्जाब १७ ओभरमा १८१ रनमा समेटियो । पञ्जाबका लागि राईली रूस्सोले २७ बलमा ९ चौका र ३ छक्का सहित सर्वाधिक ६१ रन बनाए । शशांक सिंहले १९ बलमा ३७ रन जोडे । जोन्नी बेयर्सटोले २७ तथा स्याम करनले २२ रन बनाए ।

आरसिबिका लागि मोहम्मद सिराजले ३ विकेट लिए भने स्वप्निल सिंह, लोकी फर्गुसन र करन शर्माले २-२ विकेट लिए ।

जित पछि सातौं स्थानमा रहेको आरसिबिको १२ खेलमा १० अंक पुगेको छ । पराजित पञ्जाब १२ खेलमा ८ अंक सहित नवौं स्थानमा छ ।