पाठशाला न्यूज
 २०८१ मंसिर २३, आइतवार    

काठमाडौं विश्वकै छैटौं प्रदूषित शहर

२०८१ कार्तिक २९, बिहीवार १४:४० बजे

काठमाडौं- विश्वभरको प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार नेपालको राजधानी काठमाडौं विश्वकै छैटौं प्रदूषित शहर बनेको छ ।

आईक्यूएअरका अनुसार आज बिहान ११ बजे काठमाण्डौंको प्रदूषण १ सय ७२ एक्यूआई मापन भएको छ ।

वातावरण विभागका अनुसार काठमाण्डौंको पनि खुमलटार क्षेत्र सबैभन्दा बढी प्रदूषित छ । प्रदूषण बढेकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

यो सूचकाङ्क एक सयदेखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।