पाठशाला न्यूज
 २०८१ बैशाख १८, मंगलबार    

महावीर पुनले आफ्नो आत्मकथा बेचेर पाँच करोड आम्दानी गरे

२०८१ बैशाख ५, बुधबार ११:३७ बजे

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्नो आत्मकथाको पुस्तक बेचेर पाँच करोड रुपैयाँ आर्जन गरेको बताएका छन् । 

उनले सामाजिक सञ्जालमा जानकारी दिँदै पछिल्लो १०० दिनमा ८४ हजार प्रति पुस्तक बिक्री भएको जानकारी गराएका छन् । उनले उक्त पुस्तकको बिक्रीबाट झन्डै पाँच करोड रुपैयाँ आर्जन गरेको उल्लेख गरेका छन्। 

उनले आफ्नो आत्मकथाको किताब बेचेर प्राप्त रकमबाट तीन दशकदेखि बन्द अवस्थामा रहेको वीरगञ्जस्थित कृषि औजार कारखानाको मर्मत सम्भार गर्ने बताउँदै आएका छन् । 

विभिन्न २८ जिल्ला पुगेर पुस्तक बिक्री गरेका पुनको पुस्तकको मूल्य ७५० रुपैयाँ तोकिएको छ। 

उनले गत असोज २८ गते ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक सार्वजनिक गरेका थिए।