काठमाडौं- हाल पश्चिमी वायुको सामान्य प्रभावका कारण देशका केही भागमा मौसममा परिवर्तन देखिएको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका अन्य भूभागमा भने मौसम सफा रहनेछ। तर, तराईका विभिन्न क्षेत्रमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ, जसले गर्दा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने चेतावनी महाशाखाले दिएको छ।
महाशाखाले आम नागरिकलाई यात्रा गर्दा सतर्कता अपनाउन तथा चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।