पाठशाला न्यूज
 २०८१ माघ २६, शनिवार    

पूर्वराजा ज्ञानेन्द्र भारतको गोरखपुर जाँदै, गोरखनाथ मन्दिरमा खिचडी चढाउने

२०८१ माघ १७, बिहीवार ०९:१९ बजे

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह आज बिहीवार भारतको गोरखपुर जाने भएका छन् । उनी गोरखनाथ मन्दिर पुगेर विशेष पूजा गर्ने जनाइएको छ ।

पूर्वराजा शाह आज भैरहवाबाट गोरखपुरतर्फ प्रस्थान गर्ने भएका छन्। गोरखपुर भ्रमणका क्रममा पूर्वराजा शाहले भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथसँगसमेत भेटवार्ता गर्नेछन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार पूर्वराजा शाह र उत्तर प्रदेशका मुख्यमन्त्रीबिच भेटका लागि तयारी भइरहेको छ ।

गोरखनाथ मन्दिरमा पूर्वराजाले खिचडी चढाउने प्रचलन छ । सोही परम्परालाई निरन्तरता दिँदै पूर्वराजा शाह गोरखपुर जान लागेका हुन् । सोही अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ पनि गोरखनाथ आउने बताइएको छ ।