पाठशाला न्यूज
 २०८१ बैशाख २९, शनिबार    

केजरीवाल पक्राउबारे अमेरिकाकाे प्रतिक्रिया, ‘नजिकवाट नियालीरहेका छौं’

२०८० चैत्र १३, मंगलबार १५:१३ बजे

काठमाडौं-  जो बाइडेन प्रशासनले भारतको आन्तरिक मामिलाका बारेमा पुनः बोलेको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीका बारेमा अमेरिकाले आफनो धारणा सार्वजनिक गरेको हो । 

अमेरिकी विदेश मन्त्रालयले केजरीवालको गिरफ्तारीलाई नजिकबाट नियालिरहेको बताएको छ । भारत सरकारलाई निष्पक्ष, समयसापेक्ष र पारदर्शी कानुनी प्रक्रियाका लागि प्रोत्साहन गर्नेसमेत बताएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने कि हामी भारत सरकारलाई मुख्यमन्त्री अरविन्द केजरीवालका लागि निष्पक्ष, पारदर्शी र समयसापेक्ष कानुनी प्रक्रियाका लागि प्रोत्साहन गर्छौं।

यसअघि दिल्लीका मुख्यमन्त्रीको गिरफ्तारीलाई लिएर जर्मनीबाट पनि प्रतिक्रिया आएको थियो । त्यसमा भारतले उचित जवाफ दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । जसअनुसार भारतले जर्मन दूतावासका उपप्रमुखलाई बोलाएर बयानसमेत लिएको थियो । तर, अमेरिकाकाे याे टिप्पणीमा भारतले अहिलेसम्म अाैपचारिक रूपमा कुनै प्रतिक्रिया दिएकाे छैन।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मदिरा नीति घोटाला प्रकरणमा ईडीले मार्च २१ मा उनको निवासबाट पक्राउ गरेको थियो। उनी मार्च २८ सम्म  ईडीको हिरासतमा नै रहने छन् ।