पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

आज २०८० साल,माघ ०२ गते मंगलवारको राशिफल

२०८० माघ २, मङ्गलवार ०९:०१ बजे

२०८० माघ २ गते,मंगलवार १६ जनवरी २०२४। पौष शुक्लपक्ष पञ्चमी ७ः२३ बजेपछि षष्ठी । पूर्वभाद्रपदा नक्षत्र, ११ः२१ बजेपछि उत्तरभाद्रपदा । चन्द्रराशि मीन ।
मेष –ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला । अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ । छर–छिमेकमा असमझदारी बढ्नेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । उधारोमा व्यापार गर्नुपर्ला । पछिका लागि केही वस्तु त्याग्नुपर्ने देखिन्छ । आफ्नो प्रतिफल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ । खर्च लागे पनि दिगो काम फेला पर्नेछ ।
वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आम्दानीका स्रोत भेटिए पनि धेरै फाइदा उठाउन नसकिएला । केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने स्थिति आउन सक्छ । श्रमको राम्रै मूल्यांकन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ । भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । दिगो फाइदा हुने जिम्मेवारी भने प्राप्त हुनेछ ।
मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह
सफलताले हिम्मत दिलाउनेछ । प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ । दिगो फाइदा हुने काम प्रारम्भ होला । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । भेटघाटले समेत उत्साह बढाउला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मान–सम्मान प्राप्त होला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ ।
कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विभिन्न अवसर प्राप्त भए पनि अरूका लागि बुद्धि र समय खर्चनुपर्ला । परिस्थितिवश आँटेको काम रोकिन सक्छ । सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ । तर लक्ष्यमा पुग्न समय लाग्नेछ । सामान्य कामलाई निकै मिहिनेत पर्नेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला ।
सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । सामान्य काममा धेरै धन र परिश्रम खर्चनुपर्ला । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ । आफ्नो वस्तुमा अरूले दाबी गर्लान् । बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ ।
कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यवसायमा आम्दानी बढ्नेछ । भौतिक साधन जुटाउने समय छ ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजय सम्भावना छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ ।
वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु
सामान्य काममै अलमल हुनाले मुख्य काम रोकिन सक्छ । अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अप्ठ्यारा परिस्थितिले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान् । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । पढाइलेखाइमा त्यति समय दिन नसकिएला ।
धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने स्थिति आउन सक्छ । अरूको भरले मात्र काम नबन्न सक्छ । अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ । रोकिएका काम दोहोर्याउनुपर्ला । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । महत्त्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।
कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ । तर समयमा होस नपुर्याउनाले लाभांश अरूका हातमा जान सक्छ । तापनि नयाँ काम प्रारम्भ हुनेछ ।
मीन –  PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । तर भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ ।