काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल आज पनि २ वटा खेल हुने भएका छन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान ९ बजे र दिउँसो १ बजे एक एक खेल हुने छन् ।
पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स आमने सामने हुने छन् । जनकपुर जारी एनपीएलमा अपराजित यात्रामा छ भने लुम्बिनीले जीतको स्वाद नै चाख्न पाएको छैन।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले रन बनाए पनि उक्त रन रक्षा गर्न असफल हुँदै आएको छ । उता जनकपुर भने लगातार ३ खेलमा टप अर्डर ब्याट्सम्यानले जिताएकाले मध्यक्रम भने परिक्षण नै हुन पाएको छैन ।
अनिल साहको कप्तानीमा रहेको जनकपुर र रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीबीचको आजको पहिलो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । पहिलो खेलमा जसले टस जिते पनि बलिङ लिने सम्भावना अत्याधिक रहेको छ ।
त्यसैगरी आज दिउँसो १ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमने सामने हुने छन् । सुदूरपश्चिम अपराजित यात्रा कायम राख्दै तालिको शीर्ष स्थानमा रहेको छ भने चितवन तीन मध्य २ खेलमा जित निकाल्दै तालिकाको तेस्रो स्थानमा छ । चितवनको कप्तानी कुशल मल्लले गर्दा सुदूरको कप्तानी दीपेन्द्रसिंह ऐरीको हातमा छ ।