पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

रौतहट : मौलापुर नगरपालिकामा नगर प्रमुख पद रिक्त

२०८० आश्विन ३०, मङ्गलवार ०८:५३ बजे

काठमाडौं : रौतहटको मौलापुर नगरपालिकामा नगर प्रमुख पद रिक्त भएको छ ।
निर्वाचन आयोगले मंगलबार सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख रिनाकुमारी साह अन्य दलमा प्रवेश गरेपछि पद रिक्त भएको जानकारी दिएको हो ।
साह अन्य दलमा प्रवेश गरेको एमालेको केन्द्रीय कमिटिको निर्णय जानकारी भएसँगै पद रिक्त भएको आयोगले जनाएको छ । राजनैतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ को उपनियम ९२० बमोजिम उनी निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगले जनाएको छ ।
साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी हुन् ।