पाठशाला न्यूज
 २०८१ आषाढ २०, बिहीवार    

युरोपकपमा समुह सि बाट तिन वटा टोली अन्तिम १६ मा

२०८१ आषाढ १२, बुधवार ०७:०३ बजे

एजेन्सी- युरोपेली च्याम्पियनसिप २०२४ अन्तर्गत समूह सी अन्तर्गत अन्तिम चरणको दुवै खेल बराबरीमा सकिएको छ।

जर्मनीको कोल्नमा इंग्ल्यान्ड र स्लोभेनियाको खेल गोलरहित बराबरीमा सकिँदा डेनमार्क र सर्बियाको खेलमा पनि गोल हुन सकेन। यससँगै इंग्ल्यान्ड ५ अंकका साथ समूह विजेताको रुपमा अन्तिम १६ पुगेको छ।

डेनमार्क र स्लोभेनियाले पनि अन्तिम १६ मा स्थान बनाएका छन्। दुवै टोलीको समान ३-३ अंक र गोल भएपनि कम पहेंलो कार्डका आधारमा डेनमार्क समूह उपविजेता बन्यो। स्लोभेनिया पनि अन्तिम १६ मा पुग्दा २ अंक जोडेको सर्बिया भने बाहिरिएको छ।