पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

कविता- युगल गीत

२०८० चैत्र १०, शनिबार ०८:३३ बजे

कविता 

युगल गीत 

       - आलोक कोईराला 

एउटा युगल गीत

हामीले सँगै गाउने भन्यौं 

बिना हतारको 

पलपल लय, ताल, सुर र संगित भर्यौ

 

अन्तिम रियाजमा

मेरो स्वर तिमिलाई अनायास 

अलिक बेसुरा लाग्यो 

र, त्यो गीत तिमिले त्यत्तिकै 

अधुरो अपुरो छोडीगयौ

 

तिमिले छोडी गएको 

त्यो गीत , त्यो संगित 

त्यो लय र तालको संगम

यो मनको आलमारीमा आजसम्म

उसैगरी थपक्क बसेको छ 

नगाईएको त्यो गीत

नछेडिएको त्यो सरगमले

जीवन न उजाड छ , न उदास

न एक्लो छ , न बरवाद 

 

तर पनि , यदाकदा एक निमेष 

मनको मिहिन सन्नाटामा उभिएर 

सोच्ने गर्छु ....

 

उफ...त्यो गीत हामीले सँगै गाउन सकेको भए ??

उफ.. त्यो गीत हामीले सँगै गाउन सकेको भए ??