पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

अपराधीलाई कारबाही गर्न कसैको आदेश कुर्नु पर्दैन : गृहमन्त्री लामिछाने

२०८० फाल्गुण २९, मङ्गलवार ०९:५६ बजे

काठमाडौं : गृहमन्त्री रवि लामिछानेले अपराधीलाई कारबाही गर्न प्रहरीले कसैको आदेश कुर्न नपर्ने बताएका छन् ।
सार्वजनिक रुपमा अपिल गर्दै गृहमन्त्री लामिछानेले गैरकानुनी काम, कर छली, गुण्डागर्दी, धाकधम्की, तस्करीलगायतका अपराध गर्ने व्यक्ति र समूहलाई कारबाही गर्न आदेश कुर्न नपर्ने बताएका हुन् ।
ऐनअनुसार कारबाही गरेर कानुनी राज्य भनेको के हो भनेर देखाइदिन निर्देशन दिएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो । तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् ।