पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

गण्डकी प्रदेशमा दीपक मनाङे बने भौतिक पूर्वाधारमन्त्री

२०८० चैत्र ५, सोमबार १६:३६ बजे

पोखरा- गण्डकीमा प्रदेशसभासदस्य दीपक मनाङेले भौतिक पूर्वाधारमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।  

मनाङबाट स्वतन्त्र रुपमा चुनाव जितेपछि एकीकृत समाजवादीमा प्रवेश गरेका मनाङेले सोमबार मात्र पार्टी छाडेको घोषणा गरेका थिए ।