पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

बि.स.२०८० साल,मंसिर ३० गते शनिवार को राशिफल

२०८० मंसिर ३०, शनिवार ०८:३६ बजे

बि.स.२०८० साल,मंसिर ३० गते शनिवार, १६ डिसेम्बर २०२३ । मार्ग शुक्लपक्ष चतुर्थी तिथि । उत्तराषाढा नक्षत्र, ९ः३३ बजेपछि श्रवण । चन्द्रराशि मकर ।
मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिष्ठित काम गर्दै लोकप्रियता हासिल गर्ने समय छ । विशिष्ट व्यक्तिहरू नजिकिनेछन् । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । दीर्घकालीन काममा जग बसाउने अवसर प्राप्त हुनेछ ।
वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेत परे पनि कामको जग बसाउने अवसर प्राप्त हुनेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । पहिले प्रतिस्पर्धा गर्नेहरू स्वतः पछि हट्नेछन् । आफन्तको स्नेह प्राप्त हुनेछ । धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएको कामले निकास पाउनेछ । लक्ष्यअनुसार काम पनि बन्नेछ । पेसा–व्यवसायमा लाभ हुनेछ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ । बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ । शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । श्रमपूर्वक समर्पित हुँदा कामको मूल्य पाइनेछ । धैर्यसाथ कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला, श्रमको उपलब्धि हात पार्न सकिनेछ । गोपनीयतामा ध्यान पुर्याउनुहोला । केही समय लागे पनि उपलब्धि प्राप्त हुनेछ ।
कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दिन रमाइलो र उत्साहपूर्ण रहनेछ । साथीभाइसँग रमाइलो भेट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । नयाँ कामको योजना बन्न सक्छ । स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ । भौतिक साधनले काममा सहजता ल्याउनेछ । व्यापार बढ्नाले मनग्य लाभ उठाउन सकिनेछ । व्यवसायको सन्दर्भमा यात्राको साइत पनि जुर्न सक्छ । अतिथिका रूपमा सत्कार समेत पाइनेछ ।
सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
चिताएको काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा मनग्य फाइदा उठ्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ होला । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । आफ्नो अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।
कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । लगनशीलताले परिस्थितिलाई बदल्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । विज्ञको मार्गदर्शन प्राप्त हुनेछ । व्यापारमा फाइदा उठाउन सकिनेछ ।
तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ। पारिवारिक असमझदारी बढ्न सक्छ । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ । धेरैलाई लाभ हुने कार्य गर्ने मौका छ । भूमि तथा कृषिबाट पनि फाइदा हुनेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । पशुधन र जमिनबाट लाभ मिल्नेछ ।
वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु
सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।
धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बोलीको प्रभावले काममा फाइदा दिलाउनेछ । विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । धन तथा ज्ञानको भण्डार बढ्नेछ ।
मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । कामको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन् । बिछोडिएका आफन्तसँग भेटघाट होला । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला । सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ । उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ । आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ । पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम सम्पादन गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ । आँटले काम सम्पादन हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ ।


(राशिफलले जे–जस्तो भनेपनि तपाईहरुको दिन शुभ रहोस् )