लुम्बिनी- पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार (आज) लुम्बिनी आउने भएका छन्।
विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा पाँच दिने पूजा सुरू भएको छ। मंसिर ४ गतेदेखि सुरू भएको पूजा ८ गतेसम्म सञ्चालन हुनेछ।
शाहको सचिवालयका अनुसार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुन लुम्बिनी आउन लागेका हुन्।