पाठशाला न्यूज
 २०८१ श्रावण ५, शनिवार    

चार संसदीय समितिको बैठक बस्ने

२०८१ आषाढ २६, बुधवार ०९:४३ बजे

काठमाडौं : चार संसदीय समितिको बैठक बुधबार बस्दैछ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे १० बजे बस्नेछ । बैठकमा अंगदान र प्रत्यारोपणसम्बन्धी विद्यमान अवस्था, समस्या तथा चुनौती र आगामी कार्यदिशाबारे छलफल हुनेछ ।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राज्यको मूल प्रवाहमा दलित समुदायको समावेशिताको अवस्था र राष्ट्रिय दलित आयोगले खेल्दै आएको भूमिकाका बारेमा छलफल हुने जनाइएको छ ।
यसैगरी, बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिको आन्तरिक छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्ने तय भएको छ । बैठकमा काठमाडौँ उपत्यकाभित्र खानेपानीको उत्पादन, वितरण एवं एवं सहज आपूर्तिको लागि देखिएका समस्या र चुनौतीबारे छलफल हुनेछ ।