पाठशाला न्यूज
 २०८२ चैत्र २, सोमवार    

दुर्गा प्रसाईलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति

२०८१ आश्विन ६, आइतवार १९:३६ बजे

काठमाडौं- पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँले प्रसाईलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको थियो । 

साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो ।