काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएपछि रास्वपा केन्द्रिय कार्यलयमा लामिछानेले पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन्।
उनि बिरुद्ध सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।
पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले पाठशाला न्युजलाई बताएका छन्। सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
सूर्यदर्शनको रकम अपचलन गरेको आरोपमा असोज ६ मा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए । प्रहरीले जोशीको बयान लिइसकेको छ ।