पाठशाला न्यूज
 २०८१ कार्तिक २२, बिहीवार    

हिजबुल्लाहका नयाँ नेता कासेमले भने- उपयुक्त शर्तमा इजरायलसँग युद्धविराम गर्न तयार छौं!

२०८१ कार्तिक १५, बिहीवार ०८:३७ बजे

एजेन्सी- हिजबुल्लाहका नयाँ नेता नइम कासेमले उनको समूह इजरायलसँग स्वीकार्य शर्तमा युद्धविराम सम्झौता गर्न तयार रहेको तर योग्य सम्झौता अहिलेसम्म प्रस्तुत नभएको बुधबार बताएका छन् ।

‘यदि इजरायलीहरूले आक्रमण रोक्ने निर्णय गरे भने हामी स्वीकार्छौं, तर हामीले उपयुक्त र स्वीकार्य देख्ने शर्तहरूका अधीनमा’, कासेमले पूर्व–रेकर्ड गरिएको मन्तव्यमा भने । मङ्गलवार हिजबुल्लाहका महासचिव बनेपछि उनको यो पहिलो मन्तव्य थियो ।

‘तर हिजबुल्लाहले युद्धविरामका लागि माग गर्ने छैन’, राजनीतिक प्रयासहरूले अहिलेसम्म नतिजा प्रदान नगरेको उल्लेख गर्दै उनले भने, ‘इजरायल सहमत हुने र हामीले छलफल गर्न सक्ने कुनै पनि परियोजना प्रस्तुत भएको छैन ।’

कासेमले इरानसमर्थित समूहका ३० वर्षभन्दा बढी समयसम्म अध्यक्ष रहेका हसन नसरल्लाहको स्थान लिएकस हुन् । नसरल्लाहको इजरायलले सेप्टेम्बर २७ मा हत्या गरेको थियो।

समूहका गढहरूमा इजरायलले आक्रमण बढ़ाएको र पछिल्लो महिना सीमा पार गरेर सेना पठाएको बेला उनले हिजबुल्लाहसँग इजरायलले जारी राखेको सर्वव्यापी युद्धमा कमान सम्हाल्दै छन् ।

‘हाम्रो भूमिबाट बाहिर निस्केर आफ्ना क्षतिहरू कम गर’, कासेमले भने, ‘यदि तिमीहरू त्यहाँ बस्छौ भने तिमीले जीवनभर नभुल्ने कुरा भुक्तान गर्नु पर्नेछ ।’ उनले हिजबुल्लाहले ‘दिनौँ, हप्तौँ र महिनौँ’ सम्म लड्न सक्ने बताए ।

कासेमले इजरायलद्वारा नसरल्लाहको हत्या र अन्य वरिष्ठ हिजबुल्लाह नेताको हत्याले समूहलाई ‘पीडादायक’धक्का दिएको स्वीकार गरे । यद्यपि उनले हिजबुल्लाहले ‘खाली ठाउँहरू भरेर, वैकल्पिक नेताहरू नियुक्त गरेर र सबै कुरा व्यवस्थित गर्न काम गरेर’ अर्को उचित व्यवस्था गर्न सुरु गरेको बताए ।

कासेमले आफ्ना तत्कालीन नेताद्वारा निर्धारित युद्धनीतिलाई कायम राख्ने प्रतिबद्धता पनि जनाए । ‘मेरो कार्यक्रम हाम्रा नेता, सय्यद हसन नसरल्लाहको कार्यक्रमको निरन्तरता हो’ उनले नसरल्लाहले विकास गरेको युद्धयोजनालाई अगाडि बढाउने प्रतिबद्धता जनाए ।