पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता

२०८१ जेष्ठ २८, सोमवार ०७:२८ बजे

काठमाडौँ : भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो ।
सो अवसरमा दुई प्रधानमन्त्रीबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचार–विमर्श भएको थियो ।
प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ भएको सपथ ग्रहण समारोहमा सहभागी भएका थिए । उनी आइतबार नै भारतको नयाँदिल्ली गएका हुन् ।
प्रधानमन्त्री प्रचण्डका साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल लगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् । प्रधानमन्त्री प्रचण्ड आज सोमबार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।