पाठशाला न्यूज
 २०८१ श्रावण ५, शनिवार    

जवानले दुई दिनमै १२८ करोड कमायो

२०८० भाद्र २४, आइतवार १०:१४ बजे

मुम्बई–बलिउड अभिनेत शाहरुख खानको नयाँ चलचित्र जवान बिहिबारबाट विश्वव्यापी रिलिज भएको छ । यो फिल्मले प्रदर्शनीको पहिलो दिनमै भारतमा ७५ करोडको व्यापार गरेको छ । जवान संसारभर ७ हजार ५०० स्क्रिनमा रिलिज भएको छ । यो फिल्मले प्रदर्शनको दोश्रो दिन शुक्रबार भारतमा मात्र ५३ करोडको व्यापार गरेको छ । यसरी फिल्म जवानले भारतमा दुई दिन मै १२८ करोडको व्यापार गरेको छ । जबकी उनको फिल्म पठानले पहिलो दिन भारतमा ५५ करोडको व्यापार गरेको थियो । यसरी आफुले बनाएको पठानको पहिलो दिनको सर्वाधिक कलेक्सन रेकर्ड शाहरुखले नै जवान मार्फत तोडेका छन् । पठानले राखेको थुप्रै रेकर्ड उनको यो जवान फिल्मले तोड्ने भएको छ ।
जवानको बजेटको कुरा गर्दा यो फिल्म ३ सय करोड भारतीय रुपैयाँमा निर्माण भएको हो । तर यो फिल्मले रिलिजअघि नै २५० करोड कमाइसकेको स्वयम अभिनेता एवम् निर्माता शाहरुख खानले यस अघि नै बताईसकेका छन् । यो फिल्मको स्याटेलाइट राइट ८५ करोडमा र ओटीटी राइट १३० करोडमा यस अघि नै बिक्री भईसकेको छ । यस्तै यो फिल्मको म्युजिक राइट्स ३६ करोडमा बिक्री भईसकेको छ । यसरी यो फिल्मले रिलिज अघि नै २५० करोड कमाईसकेको हो ।

शाहरुख खानको फिल्मलाई एटलीले निर्देशन गरेका हुन् । जसमा शाहरुखसँगै नयनतारा, विजय सेतुपति, दीपिका पादुकोण, सान्या मल्होत्रा, प्रियामणीलगायतको मुख्य भूमिका रहेको छ ।
यसरी एक वर्ष भित्रै अभिनेता शाहरुख खानले बलिउडमा एकपछि अर्को गर्दै व्यबसायिक रेकर्ड बताईरहेको छन् । कोरोनापछि पूर्ण सुस्ताएको बलिउडलाई उनले फेरी तताएका छन् । दक्षिण भारतीइ फिल्मको दवदवालाई पनि उनले यतिबेला रोकेका छन् । शाहरुखको जवानमा दक्षिण भारतीय स्टार विजय सेतुपति, नयनताराको पनि मुख्य भूमिका रहेकाले यो फिल्म साउथमा पनि उस्तै चलेको छ । साउथको फिल्म सलारको रिलिज यतिबेला जवानकै कारण पछि सारिएको छ ।
भारतमा मात्र हैन, अन्तराष्ट्रिय रुपमै जवानको व्यापार उच्च छ । अष्ट्रेलिया, अमेरिका, युरोप, तथा दक्षिण पूर्वी राष्ट्रमा पनि जवालले बेजोड व्यापार गरिरहेको रिपोर्टहरु आएका छन् । यसरी फेरी एकपटक बलिउड सिनेमाको बजारलाई जवानले माथि उठाएको छ ।
फिल्मका अर्का निर्माता सञ्जय गुप्ताले यो फिल्मले पछिल्लो समय नयाँ इतिहास बनाईरहेको बताएका छन् । ग्याँगस्टार जनराको फिल्म विश्वव्यापी रुपमा फस्टाएको बेला आफुहरुले सोही जनरालाई रोजेर नयाँ उचाई बनाउन सफल भएको सँजयको कथन छ ।

पठानसँगै ठूलो पर्दाबाट आफ्नो चार वर्षको लामो ब्रेकको अन्त्य गरेर शाहरुख फर्किएका हुन् । बलिउडको बक्स अफिसमा हराएको चमक फिर्ता गर्न उनी सफल भएको अहिले समिक्षकहरुले बताएका छन् । जवानमा उनी आधा दर्जन फरक गेटअपमा प्रस्तुत भएकाले पनि दर्शकका लागि यो फिल्म निकै रोचक बनिरहेको छ । फिल्ममा उनको राजनीतिक अडानले पनि दर्शकमा उनी प्रतिको सम्मान बढेको छ । उनी यो फिल्ममा बहादुर र शाहसी पात्रको रुपमा प्रस्तुत भएका छन् ।