पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

सर्लाहीमा जिप र ट्रयाक्टर ठोक्किदा दश जना घाइते तीन जनाको अवस्था चिन्ताजनक

२०८० माघ २२, सोमवार २२:२२ बजे

जलेश्वर सर्राफ 

सर्लाही- सर्लाहीको मलंगवा-नवलपुर सडक खण्ड अन्तर्गत चमेली माई मन्दिर नजिकै एउटा भारतिय नम्बरको स्कर्पियो र ट्रयाक्टर आपसमा ठक्कर खाई दुर्घटना भएको छ । ज २ च १०६४ नम्बरको ट्रयाक्टर र बि.आर ०६ डि.पी १०४८ नम्बरको भारतीय स्कर्पियो आपसमा ठक्कर खाई ‌दुर्घना हुँदा दश जना यात्रु गम्भिर घाइते भएका छन्। 

उक्त दुर्घटनामा हुँदा स्कर्पियोमा सवार नापी कार्यालय सर्लाहीका कार्यालय प्रमुख संजय मानन्धर सहित १० जना कर्मचारीहरु गम्भीर घाइते भएका छन। जसमध्ये तीनजनाको अवस्था चिन्ताजनक रहेको छ। 

घाईतेहरूलाई तत्काल उपचारका लागि नजिकैको अस्पताल लगिएता पनि थप उपचारका लागि वीरगंज र काठमाडौं रिफर गरिएको छ। घाईतेहरूमा संजय मानन्धर, बैधनाथ राउत, अजय कुमार यादव, बैजु यादव, रामलाल साह, संजिव कुमार मण्डल, दिपेन्द्र यादव, विनाेद घिमिरेे, शाहिद अनवर र रामबाबु राय रहेकाछन् । 

घाईते सबैजना नापी कार्यालय सर्लाहीका कर्मचारी रहेकाे श्रोतले जनाएको छ।