पाठशाला न्यूज
 २०८१ बैशाख ७, शुक्रबार    

प्रेमगीत ३ बारे बलिउडकर्मीको के छ प्रतिक्रिया ?

२०७९ भाद्र १८, शनिबार १२:०८ बजे

मुम्बई–हिन्दी भाषामा डब भएर पहिलो पटक भारतमा प्रदर्शन हुने नेपाली फिल्मको इतिहार रच्न लागेको फिल्म प्रेमगीत ३को यसै हप्ता मुम्बईमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरियो । उक्त कार्यक्रममा उपस्थित हुनका लागि नेपालबाट निर्देशक एवं निर्माता सन्तोष सेन, मुख्य कलाकारहरु प्रदीप खड्का, सुनिल थापा, मनिष राउत, प्रेम पुरी, क्रिस्टिना गुरुङलगायत मुम्बई पुगेका थिए ।
प्रेमगीत ३ लाई सहयोग गर्न बलिउडबाट अन्तिम निर्देशक तथा कलाकार महेश मंजेकर,अभिनेता शिवाजी सतम, कोरियोग्राफर गणेश आचार्य, भूल भूलैया निर्देशक अनीस बाज्मी, गायक पवनदीप राजन,धमाल निर्देशक इन्द्र कुमार, प्रेमगीत ३ का भारतीय निर्माता सुवाष कालेलगायतको उपस्थिति थियो । उनीहरुलाई स्वागत गर्न प्रदीप र क्रिस्टिनाले रोमान्टिक नृत्य प्रस्तुत गरेका थिए ।
ट्रेलर रिलिजअघि बलिउडकर्मीले फिल्मको पोस्टर लञ्च गरे । ट्रेलर हेरिसकेपछि भने उनीहरुले फिल्मको तारिफमा शब्द खर्चिए । निर्देशक तथा कलाकार महेश मंजेकरले ट्रेलर राम्रो लागेको र फिल्मले राम्रो व्यापार गर्ने विश्वास व्यक्त गरे । अहिले क्षेत्रिय फिल्मले राम्रो गरिरहेका छन् । फिल्मको कुनै भाषा हुदैन । ट्रेलरमा त्यो देखिन्छ । फिल्मका गीतहरु पनि राम्रा छन्, उनले भने ।
ट्रेलर हेरेपछि अर्का निर्देशक अनीस बाज्मीले हिमायलको दृश्य एकदमै सुन्दर लागेको प्रतिक्रिया दिए । आफूलाई पनि वर्षौंदेखि नेपालको हिमालयको दृश्यमा फिल्म खिच्ने इच्छा भए पनि आफू कहिल्यै जान नसकेको बताए । उनले लोकेशनदेखि छायांकन पक्षको प्रशंसा गरे । अभिनेता शिवाजी सतमले फिल्म अन्तर्राष्ट्रिय स्तरको बनेको भन्दै फिल्मले बक्सअफिसमा राम्रो गर्ने बताए ।