पाठशाला न्यूज
 २०८० चैत्र १५, बिहीबार    

चन्द्रपुरमा लागु औषध सहित राई प्रहरी नियन्त्रणमा

२०७९ कार्तिक २३, बुधबार २०:२९ बजे

दिपु मिश्र
रौतहट–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ संजय होटलबाट लागु औषध सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
मंगलबार ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र लागु औषध नियन्त्रण ब्युरो बिरगंजबाट खटिएको संयुक्त टोलिले संजय होटलबाट लागु औषध सहित एक जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएकोे व्यति चन्द्रपुर वडा नम्बर ६ गुम्बाटोलका ३२ बर्षिय करण राई रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।
प्रहरीले राईलाई बिशेष सुराकिको आधारमा नियन्त्रणमा लिन सफल भएको लागु औषध नियन्त्रण ब्युरो बिरगंजबाट खटिएको प्रहरी नायव निरीक्षक तुल प्रसाद पुडाशैनीले बताएका छन् । राईलाई ६ सय ४५ टयाब्लेट र कोडिबेल सिरफ ३८ बोटल सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तु प्रसाद जैसवारले पाठशाला न्युनलाई जानकारी दिएका छन् ।