पाठशाला न्यूज
 २०८१ आषाढ २४, सोमवार    

वीरगंज स्थित सिदार्थ बैंकमा भिषण आगलागी

२०८१ आषाढ १७, सोमवार १८:१५ बजे

जलेश्वर सर्राफ 

वीरगंज- वीरगंज स्थित सुरज होटेलको माथिल्लो तल्लामा रहेको सिद्धार्थ बैँकको आदर्शनगर शाखामा भिषण आगलागी भएको छ ।

आर्दशनगरस्थित सिद्धार्थ बैंकको शाखामा आज दिउँसो देखि आगलागी सुरु भएको हो । बैँकको माथिल्लो तल्लामा अचानक आगो लागेको पर्सा प्रहरीले जनाएको छ।

अहिले पर्साको छिमेकी जिल्ला लगायतका ७ वटा दमकलहरुको सहयोगबाट आगो निभाउन प्रयास भइरहेको वडा प्रहरी कार्यालय विर्ताका इन्स्पेक्टर पुष्कर बोगटीले जनाएका छन् ।

आगलागी केहि हदसम्म नियन्त्रणमा आएको उनीले बताएपनी हालसम्म पुर्णरुपमा नियन्त्रणमा लिन सकिएको अवस्था छैन।

वीरगंज महानगरपालिका, नेपाल प्रहरी, पोखरीया नगरपालिका र सिमराबाट आएको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए ।

उनका अनुसार आगलागीका कारणबारे भने खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा नेपाल प्रहरी शस्त्र प्रहरी नेपाली सेना र नगरप्रहरीहरु आगो निभाउने प्रयास गर्दै छन। ।