पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

फिल्मको लागि मार्सल आर्ट्स सिक्दै आलिया

२०८० भाद्र १३, बुधवार ००:२० बजे

काठमाडौं–शीर्ष अभिनेत्रीमा आलिया भट्टलाई लिएर बलिउड स्टुडियो यशराज फिल्म्सले स्पाइ–युनिभर्समा आधारित फिल्म बनाउने भएको छ । यो जासूस–ब्रह्माण्डको आगामी फिल्मका लागि आलियाले मार्सल आर्ट्स तालिम सिकिरहेकी छन् ।
मिडिया विवरणका अनुसार आलिया युनिभर्सको आठौं फिल्म फ्रेन्चाइजीमा देखिनेछिन् । फिल्ममा आलिया सुपर एजेन्टको भूमिकामा देखिनेछिन् ।
यशराजको यो फिमेल–लिड फिल्मको पहिलो भाग सन् २०२४ मा प्रदर्शन हुनेछ । फिल्मको छायांकन यस वर्षको सुरुमा हुने अपेक्षा गरिएको छ । यो फिल्ममा आलिया अभिनेत्री सरवरी बागको भूमिकामा प्रस्तुत हुनेछिन् ।
अहिलेसम्म निर्माता आदित्य चोपडाको जासूस फिल्ममा सुपरस्टारको रूपमा पुरुष कलाकार मात्र देखिन्थे । द स्पाइ युनिभर्सको सुरुवात सन् २०१२ मा फिल्म ‘एक था टाइगर’बाट भएको थियो । शाहरुख खानको फिल्म ‘पठान’ र ऋतिक रोशनको फिल्म ‘वार’ पनि यो स्पाइ–युनिभर्सको हिस्सा हो । यस ब्रह्माण्डमा बनेका सबै फिल्म जासूसी पृष्ठभूमिमा आधारित छन् ।
यसअघि पनि आलियाले सन् २०१८ मा रिलिज भएको फिल्म ‘राजी’मा गोप्य एजेन्टको भूमिका निर्वाह गरेकी थिइन् । यसपटक पनि आलिया एजेन्टको भूमिकामा देखिनेछिन् । पिंकभिल्लाको रिपोर्टअनुसार आदित्य चोपडा र उनको टोलीले यो फिमेल लिड फिल्मका लागि धेरै योजना बनाएका छन् । यो स्पाइ युनिभर्समा आलिया जुन भूमिकामा देखिनेछिन्, त्यो भूमिकामा आलियालाई कसैले देखेका छैनन् । यो ठूलो एक्सन फिल्म हुनेछ ।