पाठशाला न्यूज
 २०८१ श्रावण ५, शनिवार    

कथा- आमा

२०८१ आषाढ १, शनिवार ०९:३९ बजे

कथा

आमा

       - कृष्ण धरावासी 

धेरै दिनदेखि जान मन लागेको थियो । किन किन मनमा झझल्को आइरहेको थियो त्यो घरको । साह्रै दुःखले बनाएको थिएँ त्यो घर । गरिबी र अभावका सबै रातहरू त्यहीँ बिताएको थिएँ । त्यो जमिन जोड्दाको समस्या त झन् कहालीलाग्दो छ । केही त थिएन पैतृक सम्पत्ति भन्नु । दूबो उभिएको हुँ भन्दा पनि हुन्छ ।

आमाका आँखामा आँसु त हामीले देखेनौँ भने पनि हुन्छ तर ती प्रायः सधैँ उदास, थकित र त्रस्त हुन्थे । हुर्किएको छोरो मै भएकाले होला जेजति सरसल्लाह हुन्थे, आमाले मसँग नै गर्नु हुन्थ्यो ।

उनलाई बिहे गरेर ल्याउँदा घरको दुःख पटक्कै घटेको थिएन । गरबिीको खाडल झन् गहिरएिको थियो । एउटी सानी, कलिली १८ वर्षी केटीलाई बेहुली बनाएर भित्र्याएका थियौँ हामीले । २४ वर्षो म, मनमनै बेहुली पाएर रमाएको थिएँ।

साह्रै कम बोल्ने, गम्भीर स्वभावकी, काम गररिहने अनौठो बानी रहेछ तिनको । हाम्रोभन्दा राम्रो आर्थिक अवस्थाको परविारबाट आएकी थिइन् उनी । तर, हाम्रामा आइपुगेपछि एउटा गरबीको पुरानो र गहिरो इनारमा खसेकी थिइन् । जहिले पनि भरेको छाककै समस्यामा थियौँ हामी । भान्सामा पसेपछि ती सधैँ अलमलिएको देख्थेँ म । उनले मुखले केही नभने पनि यी सबै कुराको अनुभव गररिहन्थेँ म । उनले न हाम्रो गरबीको अपमान गरिन्, न माइतीको सम्पन्नताको स्मरण ।

कहिलेकाहीँ तिनलाई मैले एकोहोरो हेररिहेको देखेर लजाउँदै तिनी सोध्थिन्, "के हेरेको होला नि बित्थामा" म मुसुक्क हाँसी दिन्थेँ, अर्कै हाँसो । समय अनुसार केटाकेटीहरू जन्मदै गएँ । उनी झन् परपिक्व र धरती हुँदै गइन् । आमाको वृद्धतासँगै घरका जिम्मेवारीहरू उनका काँधमा र्सदै गए ।

एकदिन उनी नभएका बेला आमाले आफ्नो बिरामी खाटको छेउमा मलाई राखेर भन्नुभो, "हेर् नानी! घरमा एउटी लक्ष्मी आएकी छ । त्यो आएपछि यो घर नै उज्यालो भएको छ । दिनदिनै दुःखहरू घट्दै गएका छन् । सह बढेको छ । अनिकाल टरेको छ । मेरो ठाउँ बुहारीले लिएकी छ । त्यो तेरी आमा पनि हो । त्यसले तँलाई मैले झैँ स्याहारेकी छ । त्यसलाई चिन्नू । कहिल्यै नरुवाउनू ।"

आमा त्यत्तिकै भावुक हुनुभएको थियो । भन्नुभो, "अब म कति नै बाँचौँला र ! बाँचे पनि दिनदिनै बूढी हुँदै गएकी छु । अबको संसार तिमीहरूको हो ।"

नभन्दै केही समयपछि आमा झन्झन् सिकिस्त हुँदै जानुभयो । र, एकदिन चराचर नियमलाई पछ्याउँदै आमाले यो जीवनलाई विर्सजन गर्नुभयो ।

साह्रै रोइन् तिनी आमाको गोडामा टाउको राखेर तर मुखबाट पटक्कै आवाज निस्किएको थिएन ।

आज जब घरको सम्झना आउँछ, एकैचोटि सारा विगत मान्द्रोझैँ ओच्छ्याएर आउँछ आँखाअघि, त्यसको मेसो र बुनोट एकएक गरी देखिन थाल्छन् ।

जतिपल्ट घर जाउँ भन्यो तर के भएर हो खुट्टै लाग्दैनन् । जीउ नै भारी हुन्छ । अनुहार नै अँध्यारो बन्छ । आँखाभर चलचित्र नै जिन्दगी ओच्छ्याइए पनि शरीरले त्यसलाई अँगाल्न सकिरहेको छैन । अपराधबोधको यो कहालीलाग्दो भीरमा उभिएर आज पश्चात्तापमा बगिरहेका यी आँसुको के अर्थ छ र - तैपनि, मनले कहिल्यै बिसाउन नपाएको यो भारी आफैँलाई छातीमाथिको ढुङ्गो भएको छ ।

धेरै प्रयत्न गरेर, कष्ट गरेर, आफूलाई मानसिक रूपमा तयार गरेर, थुप्रै स्पष्टीकरणहरू लिएर, निकै संवेदनशील कथाहरू बनाएर एक वर्षघि म घर पुगेको थिएँ ।

लथालिङ्ग भएको थियो सबैथोक । फुङ्ग उडेको थियो परिवेश । घरवरिपरि सदा फुलिरहने फूलबारी मासिएको थियो, गमलाहरू रत्तिा र चर्केका, फुटेका थिए । गोबरग्यास प्लान्टमा गोबर नहालेको कहिलेदेखि हो, सुक्खा थियो । परपरसम्म बारी बाँझै थियो । सुपारीका बोटहरू टुप्पिएछन्, सिसौका जतासुकै छरएिका हाँगाले बारी मात्र सेपिलो भएको थियो । बरन्डाको खाँबोबाट धमिराले माथि चढ्ने बाटो बनाएको रहेछ । भान्साघरको झ्यालको एउटा पल्ला मकाएर कब्जा खुस्की झुन्डिरहेको थियो । आँगनमा जतासुकै झारैझार, हिँड्ने गोरेटो मात्र थियो आँगन ।

घर सुनसान थियो, कहीँ कुनै चालचुल थिएन । सबै ढोकाहरू बन्द थिए । वरपर कोही मानिसहरू पनि देखिएनन् । भित्र कोही छन् कि भनी 'खाक्खुक्' गरे । एकदम नै असजिलो लाग्यो । कसैले देखिहाल्छन् कि भनेझैँ पनि भयो मन । स्वाट्टै घरभित्र पसिहाल्न पाए हुनेझैँ हतार पनि लाग्यो । हिँड्ने बेलामा सोचेको थिएँ, "कसैलाई भेट्दिन“ गाउँकाहरू । सीधै घर पुग्छु, भित्रै बस्छु, श्रीमतीको अनुहार हेर्छु, बोलिछन् भने दुइ-चारवटा मनका पीर बिसाउँछु, बोलिनन् भने पनि एकपल्ट हेरेर साँझ-साँझ पारेर फर्किन्छु । राती बिर्तामोडतिरै बास बसेर बिहान ४ बजेको बसबाट फर्किहाल्छु ।"

भित्र कोही हुनुपर्छ भन्ने लाग्यो । विस्तारै थरथराउँदा पाइलाले सिँढी उक्लेँ । बरन्डामा पुगेर एकपल्ट परपरसम्म हेरेँ । आँखै उज्यालाजस्ता भए । एकाएक मन रमाएजस्तो भयो । विस्तारै ढोका ढक्ढकाएर बोलेँ, "को छ भित्र - दिउँसै ढोका किन लगाएको ?"

एकछिनसम्म कुनै चालचुल आएन । फेरि एकपल्ट अलिक जोडले ढक्ढकाएँ । भित्र मान्छे भएझैँ चालचुल भयो । ढक्क मन फुल्यो । डरजस्तो, धकजस्तो, अपराध पक्राउ परेजस्तो, कस्तो कस्तो भयो । के गर्नु, के गर्नुजस्तो भयो । ढोकाबाट अलिक पर सरेर रेलिङमा अडेस लागेँ । शरीर भित्रभित्रै कम्पित भइरहेको थियो ।

विस्तारै भित्रबाट कसैले चुकुल खोल्यो । रजनीकै थिए ती चुकुल खोल्ने औँलाहरू । एकापट्टकिो ढोकाको पल्ला खुल्यो पहिला र आधा टाउको बाहिर निस्क्यो । झल्याक्क देखेँ तिनलाई । आँखै अँध्यारा भए मेरा ।

केही बोलिनन् तिनी । विस्तारै बाहिर आइन्, फेरि भित्र गइन् र एउटा चकटी ल्याएर ओछ्याइन् खाटमा । सिँढी ओर्लिएर तल झरनि् । ट्युबेलमा गएर हातमुख धोइन् । भान्साको ढोका खोलेर भित्र पसिन् । एकछिनपछि एउटा लोटा र गिलास लिएर आइन् । मेरो अगाडि उभिएर एक गिलास चिसो पानी दिइन् । मैले थरथराउँदा हातले गिलास समातेँ र तनतनी पिएँ । छेउमा उभिएर अर्काेपल्ट थप्न खोजिन्, मैले 'भो'को इसारा गरेँ।

तिनी गिलास र लोटा लिएर फेरि तल झरनि् । भान्सामा गइन् । बाहिर आइन्, केही झिक्रा र दाउरा लिएर भित्र पसिन् ।

निकैबेर पछि तिनले थालमा ताछिएका उसिनेका आलु र दूध नहालेको कालो चिया लिएर आइन् ।

म यी सबै दृश्य चुपचाप हेररिहेको थिएँ। कतिबेला तिनी मेरो छेउमा बस्लिन्, रोलिन्, दुःखका कुरा गर्लिन्, रसिाउलिन् भनेर प्रतीक्षा गररिहेँ तर उनको अनुहारमा त्यस्ता कुनै लक्षणहरू थिएनन् । तिनी न रिसाएकी जस्ती, न रोलिन् जस्ती । उनको अनुहारको गम्भीरतामा कुनै परविर्तन आएको थिएन ।

त्यत्तिकै चुपचाप बसिरहेँ म । उनको अनुहारमा सीधा आँखाले हेर्न सकिनँ ।

जति मौनता बढ्यो, उति असजिलो थपि“दै गयो ।

भित्र कता मन हुरुक्क भएझैँ लाग्यो । पुलुक्क हेरेँ तिनको अनुहार । उनी पर कतैतिर हेरेर टोलाइरहेकी थिइन् । दुब्लाइछन्, आँखाका वरिपरि कालो भएको, दुवै आँखाका छेउछेउतिरबाट चाउरी सुरु भएको । निधारमा पनि रेखा देखिन थालेछन् । कपाल निकै बाक्लै फुलेछन् । हातका औँलाहरू फुटेका थिए ।

मेरो जीवनको त्यो स्वणिर्म युवाकालमा, मेरो घरको त्यस्तो विकराल गरबिीमा साँझको बत्तीजस्तो झलल बल्दै प्रवेश गरेकी तिनी । तिनले मेरो मन र शरीर सबैलाई गोडेर, सिँगारेर, सजाएर कति सुन्दर बनाएकी थिइन् । खुसी र हर्षे भरिँदै थियो घर । आमाका जस्ता मायालु हातले सधैँ स्याहार्थिन् उनले मलाई । तिनका काखमा टाउको राखेर कत्ति निदाएको छु म । कुनै नारी हठ थिएन उनमा, असम्भव मागहरू थिएनन् । गरगहना, लुगाफाटा, यात्राभ्रमण, केहीमा दबाब थिएन उनको । न छरछिमेकसँग झगडा, न छोराछोरीसँग झर्काे, फर्काे, न पाहुनापासासँग झिन्झ्याट । कस्तो एउटा पनि अवगुण नभएको व्यक्तित्व तिनको -

आज, अनाथ, टुहुरी, विधवाजस्ती असहाय भएर यत्रो घर-व्यवहारका बीच एक्लै धुमधुम्ती बसेकी छन् ।

उनलाई आफूतिर आकषिर्त गर्न एकपल्ट घाँटी साफ गरेँ र बल गर्दै बोलेँ, "केटाहरूले फोन गर्दैछन् - कति भयो गएका -पुलुक्क हेरिन् ।

आँखा काला र ठूला भएका थिए । नाकका पोरा फुलेका थिए । अनुहार अकस्मात् बिग्रिएको थियो । घोप्टिएर भुइँतिर हेररिहिन् निकैबेर । मौनता धेरै नलम्बियोस् भनेर थपेँ, "मसँग पनि धेरै पैसा थिएन । खोजखाज गरेर एक लाख रुपियाँ पुर्‍याइदिएको थिएँ । राम्ररी जानू, आमाको ख्याल गर्नू भनेको थिएँ ।"

झन्झन् झररिहेका थिए, तिनका आँखाबाट आँसु । दह्रो गरी रेलिङ् समातेर उभिएकी थिइन् ।

"तीन वर्षछि त आइहाल्छन् केटाहरू । कमाएर आउलान्, व्यवहार हेर्लान् । ठूलोचाहिँको बिहे भएपछि बुहारी साथी भइहाल्छे ।"

म के-के, के-के, जे पायो त्यही बोलिरहेको थिएँ एकोहोरो । बल गरेर आफूलाई नियन्त्रण गरेको थिएँ। तर, तिनी बोलेकी थिइनन्, एकोहोरो हेररिहेकी थिइन् ।

जीवनमा ठूलै गल्ती गरेको छु मैले । यसको कुनै प्रायश्चित हुन सक्दैन । यो गल्तीलाई सुधार्ने ठाउँ पनि छैन । अब खालि यो गल्तीबाट प्राप्त मन नपर्दाे परििस्थति भोग्ने बाध्यता मात्र छ ।

निकैबेर फेरि मौनता छायो । मेरा बोल्ने कुराहरू सकिएका थिए । एकोहोरो बिनाप्रसङ्ग, बोल्ने कुराहरू पनि सकिएझैँ लाग्यो । लामो मौनतापछि एकपल्ट तिनले खोकिन् । नराम्रो सुनियो त्यो खोकी । बिरामी रहिछिन् भन्ने लाग्यो । असह्य भयो मन । फेरि बोलेँ, "रजनी! किन चित्त दुखाउँछ्यौै - मैले आफ्नो भूल स्वीकार गरिसकेँ । मैले माफी पनि मागिसकेँ । म आफ्नो कर्तव्यबाट विमुख भएको छुइनँ । जहाँ बसे पनि तिमीहरूको खोजखबर गररिहेकै छु । यथासक्य आर्थिक सरसहयोग पनि गररिहेको छु । मैले नगर्ने काम गरेको हुँ तर अब त्यसबाट उम्किने पनि त उपाय छैन । त्यस्तै भइगयो, अर्काकी कलिली छोरी जिम्मा लिइहालियो । उता पनि साना केटाकेटीहरू छन् । तिनको पनि स्याहार गर्नैपर्‍यो । म यो भासमा आफैँ पसेको छु । यस जीवनमा उम्किन पनि सक्दिनँ । मैले यी सबैकुरा बाँड्ने यस संसारमा तिमीबाहेक कोही छैन । किन किन अचेल तिमीलाई म आमाजस्तो ठान्छु रजनी ।"

म ज्यादै भावुक भइसकेको थिएँ। अब आँसु बगाउने पालो मेरो थियो । कहिले कहिलेदेखि मनमा टिलपिल भएको पीडा आज फुटेर बगिरहेको थियो । सानो केटाकेटीजस्तै भएँ म । केही पनि बोल्न सकिनँ ।

तिनी विस्तारै मेरो छेउमा आइन् । थरथराउँदा हातले मेरो टाउको सुमसुम्याइन् । जुन र्स्पर्शले आगो लागेको शरीरमा पानी खन्याएजस्तो शीतल हुँदै गयो । सोडाझैँ उम्लिएर आएको मन विस्तारै शान्त हुँदै गयो । विस्तारै टाउको उठाएर हेरेँ । तिनको अनुहार शान्त र सामान्य भइसकेको थियो । बोलिन्, "आफूलाई ख्याल गर्नू, आफ्नो स्वास्थ्यलाई ख्याल गर्नू । त्यो कलिली केटी र तिनका बालकको माया गर्नू । मैले आफूलाई स्वीकार गरसिकेकी छु । जीवनका सबै रङहरू देखिसकेकी छु । मेरो कुनै गुनासो छैन । अब यस्तो भूराजस्तो रुँदै नहिँड्नू । आफ्ना कर्महरूको परिणामलाई स्वीकार्नू । घरीघरी यहाँ आइरहुन पर्दैन । पोइल गएको लोग्ने बारम्बार आइरहनु मेरो अपमान हुन्छ । गाउँ-समाजले राम्रो मान्दैन । मेरो बदनाम नगरिदिनू । यस जीवनको केही काल हामीले सँगै बिताएका थियौँ तर त्यो सबै अब उमेरजस्तै पुरानो भइसक्यो । यस उमेरमा मलाई सम्मानित नारी भएर जिउने इच्छा छ, परपुरुषसँगको कुनै सम्बन्ध मलाई स्वीकार छैन । छोराछोरीहरूसँगको हाम्रो सम्बन्ध समान भए पनि अब तपाईंसँग मेरो कुनै सम्बन्ध छैन । पोइल गएको लोग्नेसँग घरीघरी भेट्नु राम्रो देखिँदैन ।"

उनको बोलीमा अनौठो शक्ति थियो । तिनले त्यति शक्तिशाली कुरा भन्लिन् भन्ने सोचेको थिइनँ । तिनी रोलिन्, बिलौना गर्लिन्, रिसाउलिन्, यस उमेरमा एक्लै बस्नुपरेकामा निराशा व्यक्त गर्लिन् भन्ने अनेक सोचेको थिएँ । तर, तिनी त पहरोजस्तो दह्रो छाती भएकी, विदुषीजस्तो संंवाद बोल्ने भएकी रहिछिन् ।

मन उदास भयो ।

टाउकामाथि परेका उनका हातहरू गह्रौँ भए । यहाँसम्म हिँडेर आएको बाटो पनि लामो भयो । आफ्नै पत्नीका आँखामा आफू परपुरुष भएको बुझेपछि पहिलोपल्ट आफू भासिँदै भासिँदै सकिँदै गएजस्तो हुँदै गयो ।

साँझ पर्न लागेको थियो । बिर्तामोड पुग्न ढिलो होलाजस्तो लाग्यो । जुरुक्क उठेँ, विस्तारै सिँढी ओर्ले । आँगनमा उभिएर एकपल्ट माथि हेरेँ। बरन्डामा उभिएर एकोहोरो हेररिहेकी थिइन्, आँसु बगिरहेका थिए । आँसु पुछेकी थिइनन् ।