पाठशाला न्यूज
 २०८१ बैशाख २०, बिहीबार    

नेदरल्याण्ड दियो नेपाललाई १३८ रनको लक्ष्य

२०८० फाल्गुन ५, शनिबार १२:५६ बजे

काठमाडौं : आइसिसी क्रिकेट विश्वकप लिग टू को आफ्नो दोस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले जितका लागि १ सय ३८ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङमा आएको नेदरल्याण्ड्स ३९ ओभरमा १ सय ३७ रनमा अलआउट भएको हो ।
नेदरल्याण्ड्सलाई सुरुदेखि दबाबमा राखेको नेपालका कुशल भुर्तेलले ४, ललित राजवंशीले २, कप्तान रोहित पौडेल र सोमपाल कामीले एक\एक विकेट लिए । नेदरल्याण्ड्सका दुई ब्याटर रनआउट भए । नेदरल्याण्ड्सका स्कट इडवार्डस्ले सर्वाधिक ३३ रन बनाए । बास डि लिडले २७ र सिब्राण्ड इङ्गलब्रेटले २३ रनको योगदान गरे ।
अब नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। पहिलो खेलमा नामिबियासँग पराजित नेपाल आज नेदरल्याण्ड्सविरुद्ध जितको लक्ष्यमा छ । नेपाल र नेदरल्याण्ड्सबीच अहिलेसम्म तीन एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्याण्डसले २ तथा नेपालले एक खेल जितेको छ । नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्ड्ससँग नै २०१८ को अगस्त १ मा खेलेको थियो । लिग– २ मा ८ देश खेलिरहेका छन् ।