पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

निर्देशक राजामौलीले गरे ‘बाहुबली : द क्राउन अफ ब्लड’को घोषणा

२०८१ वैशाख २०, बिहीवार ०७:३४ बजे

काठमाडौं : भारतीय फिल्म निर्देशक एसएस राजामौलीको ‘बाहुबली’ दर्शकको मनमा यति धेरै गडिएको छ कि आज पनि दर्शक तेस्रो भागलाई लिएर अधैर्य छन् । यो फिल्मको पहिलो भाग ‘बाहुबली : द बिगिनिङ’ सन् २०१५ मा रिलिज भएको थियो ।
यो फिल्मलाई दर्शकले यति रुचाएका थिए कि केही महिनासम्म हलमा हाउसफुल चलिरह्यो । सन् २०१७ मा फिल्मको दोस्रो भाग ‘बाहुबली :द कन्क्लुजन’ आयो । यसले पनि बक्स अफिसमा आँधी ल्यायो ।
यो फिल्मले कमाइको हिसाबले धेरै फिल्मको कीर्तिमान तोडेको छ । यतिबेला निर्देशक राजामौली ‘बाहुबली’को एनिमेटेड सिरिज लिएर आउँदैछन् ।
निर्देशक राजामौलीले सामाजिक सञ्जालमा यसबारे पोस्ट गर्दै यो सिरिजको घोषणा गरेका हुन् । सिरिजको नाम ‘बाहुबली : द क्राउन अफ ब्लड’ हो । यो एक एनिमेटेड श्रृंखला हो ।
फिल्मको कथा र कलाकारबारे खुलाइएको छैन । यो फिल्मको घोषणापछि फ्यान उत्साहित छन् र कथा जान्न पनि उत्सुक छन् । राजामौलीले सेयर गरेको भिडियो हेर्दा ब्याकग्राउण्डमा बाहुबलीको नारा सुनिन्छ ।
भिडियो सेयर गर्दै राजामौली लेख्छन्, ‘जब महिष्मतीका मानिसले उनको नाम जप्छन्, ब्रह्माण्डको कुनै शक्तिले उनीहरूलाई फर्किनबाट रोक्न सक्दैन । एनिमेटेड सिरिज ‘बाहुबली : क्राउन अफ ब्लड’को ट्रेलर चाँडै आउँदैछ ।’