पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

२०८० भाद्र ३०, शनिवार ११:२५ बजे

काठमाडौँ–सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल प्रतिलिटर १ र डिजेल\मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको हो ।
आज शनिवार देखि लागू भएको नयाँ मूल्यअनुसार अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १८३ र डिजेल\मट्टितेल प्रतिलिटर १७३ पुगेको छ । यसअघि निगमले भदौ १४ गते मूल्य समायोजन गर्दै पेट्रोल ४ रुपैयाँ र डिजेल\मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको थियो ।
इन्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा क्रमशः प्रतिलिटर १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढाउनु परेको निगमको भनाई छ ।