पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

क्यानडाका प्रधानमन्त्रीद्वारा निज्जर हत्यामा भारतीय एजेन्टको हात रहेको आरोप

२०८० आश्विन २, मङ्गलवार १२:३१ बजे

क्यानडा-क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले देशका सुरक्षा निकायसँग आफ्नो भूमिमा क्यानेडियन नागरिक सिख कार्यकर्ता हरदीप सिंह निज्जरको ब्रिटिश कोलम्बियामा जुन १८ मा भारत सरकारका एजेन्टले हत्या गरेको आरोप लगाएका छन्। 

आफ्नो भूमिमा सिख कार्यकर्ताको हत्यामा भारत संलग्न भएको क्यानडाको आरोपले ओटावा र नयाँ दिल्ली दुवैले वरिष्ठ कूटनीतिज्ञहरूलाई निष्कासन गरेका छन् । यसले दुवै देश बीचको सम्बन्धमा खलल परेको बुझिन्छ। 

ट्रुडोको आरोप पछि अमेरिका समेत चिन्तित बनेको छ । हिन्दुस्तान टाइम्सको रिपोर्टका अनुसार ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले एक विज्ञप्तिमा भनेका छन्, "एक खालिस्तानी नेताको हत्यामा भारतीय सरकारी एजेन्टहरू संलग्न भएकोमा प्रधानमन्त्री ट्रुडोको आजको आरोपबाट हामी गहिरो चिन्तित छौं।" उनले भने, "हामी हाम्रा क्यानाडाली साझेदारहरूसँग नियमित सम्पर्कमा छौं। यो महत्त्वपूर्ण छ कि क्यानाडाली अनुसन्धान अगाडि बढ्छ र अपराधीहरूलाई न्यायको कठघरामा ल्याइन्छ।" 

कूटनीतिक निष्कासन पछि प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाले जूनमा क्यानाडाली नागरिक सिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारत जोडिएको "विश्वसनीय आरोप" माथि अनुसन्धान गरिरहेको बताएपछि दुई देश बिच मतभेद झनै बढेको हो।

यस अघि जि-२० को सम्मेलनमा भाग लिन आएका प्रधानमन्त्री ट्रुडोले यस सम्बन्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निज्जर हत्याको सम्बन्धमा भारतीय एजेन्टको हात रहेको भनाई राखेका थिए जसलाई भारतले खारेज गरिदिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

को थिए हरदीप सिंह निज्जर ?

हरदीप सिंह निज्जर एक क्यानेडाली नागरिक हुन्। उनि क्यानडामा सिख कार्यकर्ताको रुपमा चिनिन्थे । उनको सन् २०२२ जुन १८ को दिन क्यानडामा गुरुद्वारा बाहिर पार्किङ स्थलमा‌गोली हानी हत्या गरिएको थियो। यस टार्गेट शूटिङमा खालिस्तानी समर्थक निज्जरलाई धेरै पटक गोली लागेको थियो, जसपछि उनको मृत्यु भएको थियो। हरदीप सिंह निज्जर भारतीय एजेन्सीहरूको मोस्ट वान्टेड सूचीमा परेका थिए। भारतमा हिंसा र अपराधका धेरै घटनामा उनको नाम आएको थियो भनि भारतीय पक्षको आरोप थियो त्यसपछि भारत सरकारले जारी गरेको मोस्ट वान्टेड सूचीमा निज्जरको नाम पनि समावेश थियो यस सूचीमा अन्य ४० आतङ्ककारीको नाम पनि समावेश गरिएको थियो । निज्जरमाथि गत वर्ष अर्थात् २०२२ मा पञ्जाबको जालन्धरमा एक हिन्दू पुजारीको हत्याको षड्यन्त्र गरेको आरोप छ। यो हत्यापछि उनीमाथि १० लाख रुपैयाँ पुरस्कारको घोषणा पनि गरिएको थियो । खलिस्तान टाइगर फोर्स (KTF) ले यो सम्पूर्ण नरसंहार गरेको थियो आरोप भारतीय एजेन्टको हरुको थियो। निज्जर यस संस्थाको प्रमुख थिए ।

निज्जरमाथि भारतमा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोप पछि एनआईएले पनि आतंकवादी गतिविधिका सम्बन्धमा उनीमाथि अनुसन्धान गरिरहेको थियो। उनी गोली हानाहानमा मारिए पछि यो हत्या कसले गराएको हो भन्ने अहिलेसम्म खुलेको छैन। 

भारतीय एजेन्सीहरू लगातार खालिस्तानी आन्दोलनमा काम गरिरहेका छन्, हालै वारिस पञ्जाब दे संगठनका प्रमुख अमृतपाल र उनका सबै समर्थकहरूलाई पनि पक्राउ गरिएको थियो। त्यसपछि क्यानडा र अन्य देशहरूमा काम गरिरहेका खालिस्तान समर्थकहरूलाई ठूलो झट्का लाग्यो। हालै अमृतपालका निकट सहयोगी तथा खालिस्तान समर्थक अवतार सिंह खांडाको पनि अस्पतालमा मृत्यु भएको थियो।