पाठशाला न्यूज
 २०८१ बैशाख १३, बिहीबार    

वृन्दावनका वडाअध्यक्ष पालले यौन प्रस्ताव राख्नेगरेको आरोप

२०८० जेठ १४, आईतबार ०९:५२ बजे

रौतहट–रौतहटको बृन्दावन नगरपालिका वडा नं.७ का वडाअध्यक्ष मदन पालले गाउँकै एक एकल महिलालाई पटक–पटक यौंन प्रस्ताव राख्दै आएका छन् ।
वडा अध्यक्ष पालकै छिमेकी एक महिलाले यस्तो आरोप लगाएकी हुन । वडाअध्यक्ष पालले साना किसान कृषि सहकारी संस्थाबाट निकालेको ऋण र प्रहरीमा परेको मुद्दा मिलाइ दिन्छु भन्दै धमैराकी एकल महिलाई यौंन प्रस्ताव गर्ने गरेको ती महिलाले आरोप लगाएकी हुन् ।
६ वर्ष पहिला साना किसान कृषि सहकारी संस्था धमैराबाट घर परिवार चलाउन श्रीमानले ३ लाख रुपैयाँ कर्जा लिएका थिए । धमैरामा १३ धुर जग्गामा घर बनाएर बसोबास गर्दै आएको जग्गा साना किसान कृषि सहकारी संस्था धमैलामा राखेर ऋण लिएको पाँच वर्षपछि श्रीमानको मृत्यु भएको थियो ।
सो पैसा ब्याज र सावा सहित अहिले पाँच लाख पुगेको छ । त्यो बेला पालले नै साना किसानबाट ऋण निकाल्न सहयोग गरेका थिए । अन्दाजी ३५ वर्षकी ती महिला पत्रकारहरु सँग कुराकानी गर्दै गाउँको जेठाजु समेत पर्ने वडाअध्यक्ष पाल ऋण मिनाहा गराई दिने र मुद्दा मलाई दिने भन्दै रातीको ११, १२ बजेतिर गाउँ नजिकै रहेको पुल तथा खेत तिर बोलाउने गरेको आरोप लगाएकी छन् ।
करिब ६५ वर्षका उमेरका वडाअध्यक्ष पालले आफुले भनेको ठाउ आँउदा ऋणनै माफ गराइदिने कुरा गर्ने गरेको महिलाको आरोप रहेको छ ।
पालले बोलाएको ठाउमा नगएमा बिभिन्न बहाना बनाएर धम्की समेत दिने गरेको ती महिलाले बताईन ।
वडाअध्यक्ष पाललेनै गाउँकी एक छिमेकीको सँग समान्य वादबिवाद हुँदा छिमेकीको बुहारी पर्नेको गर्भपतन भएको भन्दै प्रहरीमा उजुरी दिन लगाएर ७ लाख विगो दावी गरेका थिए ।

सो समय आफुलाई थुनामा समेत राखेपछि नातामा नाति पर्नेले ९० हजार धरौटीमा छुटाएर ल्याए पनि वडाअध्यक्ष पालले झुक्याएर आफु र श्रीमान सँग पनि ३ लाखको कपाली तमसुक कागज समेत बनाएको महिलाले आरोप लगाईन् । जसो तसो श्रम गरेर चार जना बाल बच्चा पालिरहेकी ती महिलालाई वडा अध्यक्ष पालले यतिबेला घर खाली गर्न समेत दवाव दिने गरेको आरोप लगाएकी छिन् । गत स्थानिय तह निर्वाचनमा नेकपा एसबाट निर्वाचित वडाअध्यक्ष पालले राती डर लगेमा दिनको समयमा चन्द्रनिगहपुरको होटलमा जान समेत प्रस्ताव गर्ने गरेको आरोप ती महिलाले लगाएकी छन् । आफु सँग यौन सम्बन्ध नराखेमा बलात्कार समेत गरेर मर्ने धम्की दिने गरेको महिलाको आरोप छ ।

तर, यस विषयमा वडाअध्यक्ष पालसँग बुझ्दा यो आरोप गलत रहेको बताएका छन् । उनले आफु कुनै बेला ती महिलालाई फोन समेत नगरेको दावी गरेका छन् । वडाअध्यक्ष पालले भने, यो कसैले षडयन्त्र गरेर आफुलाई फसाउने प्रयास गरेको बताएका छन् । आफु ती महिला सँग कहिलै नबोल्ने र फोन समेत नगरेको दावी गरेका हुन् ।